काठमाडौं, २९ असार। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उत्साह देखिएको छ ।
साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक २९ अंकले बढेर दुई हजार ७६० विन्दुमा बन्द भएको हो ।
त्यसैगरी, आज कारोबार रकम पनि बढेको छ । आज कूल ३ करोड २५ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज १५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ।
आज एनआइसी एशिया बैंक र खानिखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको मात्र ३७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।




