२०८३ बैशाख १३

नाउपाका पुर्व नेताहरुसहित थारुहट अभियन्ताहरुसँग रास्वपाले आज एकता गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक उन्मुक्ति पार्टीका पुर्व नेताहरु, थारुहट र थारुवान अभियन्ताहरुसँग आज एकता गर्दै छ ।

प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आज दिउसो १ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेर एकता गर्ने भएको हो ।

रास्वपाले यसअघि काठमाडौँ महानगरक मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीच एकताको घोषणा गरिसकेको छ ।

Read More

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

काँग्रेसले आज दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय,सानेपामा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

काँग्रेसमा महाधिवेशनको विवाद चर्किदै जादा विशेष महाधिवेशन पक्षधरले पुस मसान्त भित्रनै विशेष महाधिवेशन गर्ने तयारी गरिरहेका बेला काँग्रेसको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।  सभापति शेरबहादुर देउवासहितका नेताहरु निर्वाचन पछि मात्र महाधिवेशन गर्ने भन्दै नयाँ कार्यसूची पारित गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएपछि काँग्रेस विभाजनतर्फ उन्मुख्य भएको विश्लेषण भइरहेको छ ।

Read More

टी-२० विश्वकप खेल्न बंगलादेश भारत नआउने 

काठमाडौँ । बंगलादेश क्रिकेट बोर्डले आइसीसी टी-२० विश्वकप खेल्न भारत नआउने निर्णय गरेको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई) ले आइपिएलबाट बंगलादेशका खेलाडीलाई हटाउन निर्देशन दिएपछि बंगलादेशले यस्तो निर्णय गरेको हो । बिसिसीआईको निर्देशनपछि आइपिएल फ्रान्चाइजी कोलकाता नाइट राइडर्सले बंगलादेशी फास्ट बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएको थियो । 

बंगलादेश क्रिकेट बोर्डले अब यस विषयमा निर्णय गर्दै उनीहरूले आइसीसीलाई आफ्ना विश्वकपका खेलहरु श्रीलंकामा स्थानान्तरण गर्न अनुरोध गरेका छन् ।

बंगलादेशको बोर्डले भनेको छ- ‘बोर्डले विगत २४ घण्टाको विकासलाई ध्यानमा राख्दै परिस्थितिको विस्तृत समीक्षा गरेको छ र भारतमा खेलहरूमा बंगलादेश राष्ट्रिय टोलीको सहभागिता वरपरको समग्र परिस्थितिको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ ।’

विज्ञप्तिमा थप भनिएको छ- ‘यस निर्णयलाई ध्यानमा राख्दै, कार्यक्रम प्राधिकरणको रूपमा बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई बंगलादेशका सबै खेलहरू भारत बाहिर (सह-आयोजक श्रीलंका) फरक स्थानमा सार्ने विचार गर्न औपचारिक रूपमा अनुरोध गरेको छ ।’

यसअघि, बंगलादेशको अन्तरिम सरकारका खेलकुद मन्त्रीले बीसीबीलाई बंगलादेशका खेलहरू श्रीलंकामा आयोजना गर्न आईसीसीलाई अनुरोध गर्न निर्देशन दिएका थिए । बंगलादेशको खेलकुद मन्त्रालयले मुस्ताफिजुरको बहिष्कारले खेलाडीहरूको सुरक्षाको बारेमा चिन्ता बढाएको बताएको छ ।

बंगलादेशले आफ्नो चार लिग खेलहरू मध्ये तीन कोलकातामा र एक मुम्बईमा खेल्ने तालिका छ । बंगलादेशले फेब्रुअरी ७ मा वेस्ट इन्डिजसँग, फेब्रुअरी ९ मा इटालीसँग र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग कोलकातामा र फेब्रुअरी १७ मा नेपालसँग मुम्बईमा खेल्ने तालिका छ ।

सम्पूर्ण विवाद मुस्ताफिजुरलाई आइपीएलबाट बहिष्कार गरेपछि सुरु भएको थियो । कोलकोताले गत महिना मिनी अक्सनमा मुस्ताफिजुरलाई ९ करोड २० लाखमा किनेको थियो । 

बंगलादेश खेलकुद मन्त्रालयले बीसीबीलाई भारतको सट्टा श्रीलंकामा टी-२० विश्वकप खेलहरू आयोजना गर्न आग्रह गर्दा बीसीसीआईले खेलको ढाँचा परिवर्तन गर्न नसकिने प्रतिक्रिया दिएको छ । सबै विपक्षी खेलाडीको हवाई टिकट र होटलहरू बुक गरिसकिएको र हरेक दिन तीनवटा खेल रहेकाले अब खेल सार्न सम्भव नभएको बताएको छ । 

Read More

आज गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइदै

काठमाडौं । गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित छन् ।

प्रत्येक वर्ष जनवरी ५ तारिखका दिन गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइन्छ । भारतको पटनामा सन् १६६६ मा जन्मेका गोविन्द सिंह सन् १६७५ नोभेम्बर ११ तारिखका दिन आफ्ना बुबा तेघबहादुरको निधनपछि शिखहरूको दशौँ गुरु बनेका थिए । गुरु गोविन्दले आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिएका थिए । उनी निकै शान्त स्वभावको व्यक्तित्व थिए । आफ्नो अहित सोच्ने दुस्मनहरूसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताका साथ सामना गर्थे । गुरु गोविन्द सिंहको ‘मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई तर्साउनु हुन्छ ।’ भन्ने मान्यता थियो ।

नेपालमा रहेका शिखहरूले पनि यस दिन उत्सवका साथ गुरु गोविन्द सिंह जयन्ती मनाउने गर्छन् । गुरु गोविन्द सिंह जयन्तीमा काठमाडौँको पशुपति, ज्ञानेश्वर, बालाजु, थापाथली र कुपण्डोललगायत स्थानमा रहेको गुरुद्वारामा विशेष पूजापाठ एवं भण्डारा गरेर मनाउछन् ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै तराई भू-भागमा हुस्सु/कुहिरोको समेत सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन विभागले अनुरोध गरेको छ । 

आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

२०८२ पुष २१ गते सोमबार: आजको राशिफल

आज २०८२ पुष २१ गते सोमबार ईसं २०२६ जनवरी ५ नेपाल सम्बत ११४६ पोहेलाथ्व द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण द्वितीया, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, विश्कुम्भ योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज गुरु गोबिन्द सिंह जयन्ती परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । घरायसी सुखसुविधा बढाउन वा चलअचल सम्पत्ति खरीद गर्ने योजना बनाउने दिन हो । कसैसँग सहयोगको अपेक्षा गरेमा निराश हुनुपर्दैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ/लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ, थप आयश्रोत बढाउने विषयका साथै आयका मार्ग सुचारु गर्न चिन्तन गर्न सक्नुहुन्छ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रेष्ठ र शुभ कर्ममा आकर्षण बढ्नेछ, कुनै यज्ञयागादि वा माङ्गलिक कार्य गर्ने योजना बनाउने वा पारिवारिक सल्लाह हुने समय छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निर्णयहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा–अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ, त्यस्तै कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला । सम्मान प्राप्त हुने समय छ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत आजको दिन राम्रो देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्न सक्छ, रिस आजको शत्रु हो भन्ने ठानी हरेक समयमा धैर्य र संयम रहनु होला । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गृहस्थी जीवन र पारिवारिक सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ । पतिपत्नीले एकआपसमा एउटा सुखद अनुभूति साझा गर्ने दिन हो । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, कलहबाट टाढिएको जाती हुन्छ । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कल्पना र भावना साकार हुने दिन हो । आफ्‌ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । आत्मविश्वासमा बृद्धि हुनाले हाँकेताकेको काममा सफलता प्राप्त हुनेछ । प्रेमप्रसङ्ग र भावनात्मक क्रियाकलापमा समेत भुलिन सक्नुहुन्छ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्‌नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो ।

Read More