२०८३ बैशाख १३

यी हुन् एमालेका राष्ट्रिय सभा उम्मेदवार

काठमाडौँ ।  नेकपा एमालेले राष्ट्रिय सभाका लागि ६ उम्मेदवार छानेको छ ।

नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभाको सदस्यको निर्वाचनका लागि कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन भएको हो ।

राष्ट्रिय सभाका १८ सिटका लागि माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । यस निर्वाचनमा एमाले, काँग्रेस, नेकपा र जसपा नेपालले तालमेल गरेर जाने बताए पनि अहिलेसम्म सहमति हुन नसकेको बुझिएको छ ।

यस अघि कांग्रेस र एमालेले ७-७ सिट लिने, त्यस्तै नेकपाले ३ र जसपाले एक सिट लिने गरि छलफल भएको बताइएको छ । चारै दलबीच अहिले पनि छलफल जारी रहेको छ ।

Read More

एमालेबाट रामकुमार झाँक्री राष्ट्रिय सभाको उम्मेदवार बन्दै

काठमाडौँ ।  नेकपा एमालेकी नेतृ रामकुमार झाँक्री राष्ट्रिय सभाको उम्मेदवार बन्ने भएकी छन् ।

एमालेले झाँक्रीलाई लुम्बिनी प्रदेशको महिला क्लस्टरबाट उम्मेदवार बनाउने भएको हो । एकीकृत समाजवादीकी पुर्व नेतृ झाँक्री एमाले प्रवेश गरेपछि हालै सम्पन्न महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । झाँक्रीले गुल्मी-२ बाट प्रत्यक्ष निर्वाचन लड्ने चाहना राखेपनि सो क्षेत्रमा पार्टी उपाध्याक्ष गोकर्ण विष्टनै उम्मेदवार बन्ने भएपछि उनलाई राष्ट्रिय सभामा उम्मेदवार बनाइएको हो । अध्यक्ष केपी शर्मा ओलीले झाँक्रीलाई राष्ट्रिय सभामा जान आग्रह गरेपछि उनले आज दाङ पुगेर उम्मेदवारी दर्ता गर्ने तयारी गरेकी छन् ।

राष्ट्रिय सभाका १८ सिटका लागि माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । यस निर्वाचनमा एमाले, काँग्रेस, नेकपा र जसपा नेपालले तालमेल गरेर जाने बताए पनि अहिलेसम्म सहमति हुन नसकेको बुझिएको छ । यस अघि कांग्रेस र एमालेले ७-७ सिट लिने, त्यस्तै नेकपाले ३ र जसपाले एक सिट लिने गरि छलफल भएको बताइएको छ । चारै दलबीच अहिले पनि छलफल जारी रहेको छ ।

Read More

तीन मन्त्रीबाट प्रधानमन्त्रीको निर्देशनको अवज्ञा, पुराना दल बिर्साउने सत्ता मोह

काठमाडौँ । पार्टी राजनीति गरेर सरकारमा रहेका तीन मन्त्रीले पार्टी राजनीति गरेर नागरिक सरकारलाई मजाकको विषय बनाएका छन् । उर्जासहित तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले आफ्नो कर्तव्य विर्सेर रास्वपाको राजनीति गरेपछि नागरिक सरकार विवादमा परेको हो ।

रास्वपाको उपसभापति बन्ने सहमति गरेका कुलमान घिसिङले त पुराना दलको सत्ता मोहलाईनै बिर्साउने गरि आफु कुनै दलको सदस्य नबनेको सम्म भनेका छन् । तत्कालिन उज्यालो नेपाल पार्टीका संरक्षक भनेर आफलाई चिनाउने कुलमानले उज्यालो गठन हुनु अघि पनि मन्त्री पदमा रहिरहन पटक पटक आफु कुनै दलमा संलग्न नरहेको भन्दै सामाजिक सञ्जालमा लेखेर भ्रम फैलाएका थिए ।

त्यस्तै खेलकुदमन्त्री रहेका गुप्ता पटक पटक रास्वपा र बालेन शाहबीच हुने छलफलमा सहभागी रहेका छन् भने दुवैबीचको सहमतिमा समेत उपस्थित रहेका छन् ।

त्यस्तै सञ्चारमन्त्री जगदीश खरेलले पनि रास्वपा र बालेन शाहबीचको सहमतिपछि नयाँ बिहानीको शुरुवात भन्दै स्वागत गरेर आफु पनि राजनीतिमा जाने संकेत गरेका थिए । उनी पनि रास्वपाबाट प्रत्यक्षमा उम्मेदवार बन्ने चर्चा व्यापक रहेको छ ।

अझ रोचक के छ भने तिनै मन्त्रीलाई प्रधानमन्त्री सुशिला कार्कीले यो नागरिक सरकार भएकाले दलमा राजनीति गर्न नमिल्ने भन्दै राजीनामा दिन समेत भनिसकेको अवस्थामा तिनै जनाले यसलाई बेवास्ता गरेका छन् । कुलमानसहितका मन्त्रीहरु चुनाव केन्द्रीत भएर दलका गतिविधिमा बढी समय बिताउन थालेको र सरुवा बढुवादेखि ठेक्का तथा नीतिगत निर्णयमा बढी चासो दिन थालेपछि प्रधानमन्त्री कार्कीले मुख नै खोलेर राजीनामा दिन भनेकी हुन् ।

पुराना दलको सत्ता केन्द्रित राजनीतिबाट वाक्क भएर भएको जेनजी आन्दोलनको जगमा बनेको सरकारका मन्त्रीहरुले आफ्नो कर्तव्यपालनको सामान्य विषय पनि हेक्का नाराखेर पदमा रहिरहनु अस्वीकार्य मात्र होइन निष्पक्ष निर्वाचन हुनेमा पनि आशंका उब्जाएको छ ।

Read More

के इरानका सर्वोच्च नेता खामेनी रुस भाग्न लागेका हुन् ?

काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले देशमा भइरहेको विरोध प्रदर्शनको बीचमा रूस भाग्ने योजना तयार पारेको मिडिया रिपोर्टमा खुलासा गरिएको छ ।  

बेलायती पत्रिका ‘द टाइम्स’ ले गुप्तचर रिपोर्ट प्राप्त गरेको भन्दै खामेनी रुस भाग्न सक्ने दाबि गरेको छ । रिपोर्ट अनुसार, ८६ वर्षीय खामेनीले आफ्ना छोरा र उत्तराधिकारी मोज्तबा सहित लगभग २० जनाको सानो टोलीसहित तेहरान छोड्न सक्ने बताइएको छ ।

इरानमा आठ दिनदेखि खामेनी विरुद्ध विरोध प्रदर्शन जारी छ । इरानमा अहिलेसम्म ७८ शहरका २२२ भन्दा बढी स्थानमा प्रदर्शनहरू भएका छन् । यी विरोध प्रदर्शनहरूमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ र १२ सयभन्दा बढीलाई हिरासतमा राखिएको छ । इरानमा डिसेम्बर २८ मा विरोध प्रदर्शन सुरु भएको थियो । 

खामेनीले धेरै परोपकारी संस्थाहरू मार्फत अरबौं डलरको सम्पत्ति नियन्त्रण गरिरहेका छन् । यी मध्ये, ‘सेताद’ संस्था प्रमुख छ, जसको मूल्य पहिले नै धेरै अर्ब डलर अनुमान गरिएको छ। प्रतिवेदनले शासनसँग सम्बन्धित धेरै वरिष्ठ नेताहरूका आफन्तहरू पहिले नै अमेरिका, क्यानडा र खाडी देशहरूमा बसोबास गर्ने गरेको खुलासा गरेको छ । गुप्तचर स्रोतहरूका अनुसार, यस योजनाको एक भागको रूपमा सम्पत्ति, सम्पत्ति र नगद विदेशमा सुरक्षित गरिएको छ, जसले गर्दा आवश्यक परेमा देशबाट तुरुन्तै प्रस्थान गर्न सकियोस ।

आर्थिक संकटले गर्दा जेनजी युवाहरु देशभर आक्रोशित छन् । डिसेम्बर २०२५ मा, इरानी मुद्रा, रियाल, प्रति अमेरिकी डलर लगभग १.४५ मिलियनमा झरेको छ, जुन अहिलेसम्मकै न्यून स्तर हो । वर्षको सुरुवातदेखि नै, रियालको मूल्य लगभग आधा भएको छ । मुद्रास्फीति यहाँ शिखरमा पुगेको छ । खाद्यान्नको मूल्य ७२ प्रतिशत र औषधिको मूल्य ५० प्रतिशतले बढेको छ । आर्थिक संकट बढिरहेका बेला २०२६ को बजेटमा सरकारले प्रस्ताव गरेको ६२ प्रतिशत कर वृद्धिले व्यापक रुपमा जनआक्रोश बढाएको छ । 

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई प्रदर्शनकारीहरू विरुद्ध कारबाही गरिएमा कडा प्रतिक्रिया दिने चेतावनी दिएका थिए । उनले भनेका थिए- ‘हामी पूर्ण रूपमा तयार छौं । यदि इरानले पहिले जस्तै मानिसहरूलाई मार्ने काम जारी राख्यो भने, यसले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

इरानी मुद्राको मूल्यमा गिरावट र बढ्दो मुद्रास्फीति पछि यी राष्ट्रव्यापी विरोध प्रदर्शनहरू सुरु भएका थिए । प्रदर्शनकारीहरूले सरकार विरुद्ध नारा लगाइरहेका छन् र शासन परिवर्तनको माग गरिरहेका छन्। इरानको सरकारी फार्स समाचार एजेन्सीका अनुसार, विरोध प्रदर्शनमा २५० प्रहरी र बासिज फोर्सका ४५ सदस्य घाइते भएका छन् । विरोध प्रदर्शन नियन्त्रण गर्न प्रहरीले धेरै पटक मानिसहरूमाथि गोली चलाएको छ । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले धेरै पटक मानिसहरूमाथि गोली चलाएको छ ।

इरानका सहयोगी र समूहहरूको स्थिति कमजोर भएको छ । २०२३ मा इजरायल-हमास युद्ध सुरु भएदेखि हमासले ठूलो क्षति बेहोरेको छ । लेबनानको हिज्बुल्लाहका धेरै शीर्ष नेताहरू मारिएका छन् । डिसेम्बर २०२४ मा सिरियाली राष्ट्रपतिलाई सत्ताबाट हटाइएको थियो । यमनका हुथी विद्रोहीहरूविरुद्ध हवाई हमला पनि गरिएको छ ।

इरानसहित बनाइएको समुहमा मुख्यतया हमास (गाजा), हिज्बुल्लाह (लेबनान), हुथी विद्रोहीहरू (यमन), र पहिले सिरियाली सरकार समावेश छन् । इरानले यी समूहहरूलाई राजनीतिक समर्थन, हतियार, तालिम र आर्थिक सहयोग प्रदान गरेको छ ।

खामेनीले ३५ वर्षदेखि इरानको सर्वोच्च नेताको पद सम्हाल्दै आएका छन् । १९८९ मा रुहोल्लाह खोमेनीको मृत्युपछि आयतोल्लाह अली खामेनीले इरानको सर्वोच्च नेताको पद सम्हाल्दै आएका छन् । १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिमा खामेनीले प्रमुख भूमिका खेलेका थिए, जसले शाह मोहम्मद रेजा पहलवीलाई पदच्युत गर्‍यो ।

इस्लामिक क्रान्ति पछि, खामेनीलाई १९८१ मा राष्ट्रपति नियुक्त गरिएको थियो, जुन पद उनले आठ वर्षसम्म सम्हालेका थिए । १९८९ मा उनको मृत्युपछि उनले खोमेनीको उत्तराधिकारीको रूपमा इरानको सर्वोच्च नेताको रूपमा काम गरिरहेका छन् ।

आयतोल्लाह धार्मिक नेताको उपाधि हो । इरानी इस्लामिक कानून अन्तर्गत, सर्वोच्च नेता बन्नको लागि आयतोल्लाह हुनु आवश्यक छ । यसको अर्थ सर्वोच्च नेताको पद धार्मिक नेताले मात्र धारण गर्न सक्छ । यद्यपि, खामेनी धार्मिक नेता नभएको कारणले गर्दा उनलाई सर्वोच्च नेता बनाउन कानून संशोधन गरिएको थियो ।

Read More

ग्रीनल्याण्ड प्रकरणमा डेनमार्क र युरोपको कडा प्रतिक्रिया, नेटो गठबन्धन ध्वस्त हुने चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको हुनुपर्ने भन्दै कब्जा गर्ने संकेत दिएपछि डेनमार्कसहित युरोपेली देशले कडा प्रतिक्रिया दिएका छन् ।

डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले अमेरिकाले ग्रिनल्याण्डलाई आफूमा गाभ्ने प्रयास गरेमा नेटो सैन्य गठबन्धन ध्वस्त हुने चेतावनी दिएकी छन् । एक टिभी अन्तर्वार्तामा फ्रेडरिक्सनले अमेरिकाले कुनै पनि नेटो सदस्य देशविरुद्ध सैन्य कारबाही गरेमा सम्पूर्ण नेटो प्रणाली ध्वस्त हुने चेतावनी दिएकी हुन् ।

फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन र बेलायतका नेताहरूले पनि ग्रिनल्याण्ड आफ्ना जनताको भएको स्पष्ट बताएका छन् । ग्रिनल्याण्डको बारेमा कुनै पनि निर्णय लिने अधिकार केवल ग्रिनल्याण्ड र डेनमार्कलाई मात्र रहेको उनीहरुको भनाई छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार ग्रीनल्याण्डलाई आफूमा गाभ्ने बारेमा कुरा गरेपछि यो विषय फेरी चर्किएको छ । भेनेजुएलामा भएको आक्रमणको बारेमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले २० दिनमा ग्रिनल्याण्डको बारेमा छलफल गर्ने बताएका थिए ।

उनले पहिले पनि ग्रिनल्याण्डलाई अमेरिकी नियन्त्रणमा ल्याउने बारेमा धेरै पटक बोलिसकेका छन् । ग्रिनल्याण्ड डेनमार्कको स्वायत्त क्षेत्र हो, जुन नेटोको पनि हिस्सा हो । ट्रम्पले सैन्य कारबाहीको सम्भावनालाई पनि अस्वीकार गरेका छैनन् ।

डेनमार्क र ग्रिनल्याण्ड डेनमार्क राज्यको हिस्सा हुन् । डेनमार्क राज्य र संयुक्त राज्य अमेरिका दुवै नाटोका सदस्य हु न्। नाटोले यी देशहरूको सार्वभौमिकता र सुरक्षाको ग्यारेन्टी दिन्छ । यस सन्धि अन्तर्गत, एउटा सदस्य देश विरुद्धको सैन्य कारबाहीलाई सम्पूर्ण गठबन्धनमाथि आक्रमण मानिन्छ । अमेरिकाको डेनमार्क र ग्रीनल्याण्डसँग घनिष्ठ सम्बन्ध छ । डेनमार्क नाटोको संस्थापक सदस्य हो । १९५१ को रक्षा सम्झौताले संयुक्त राज्य अमेरिकालाई ग्रीनल्याण्डमा सैन्य आधार कायम राख्न अनुमति दिन्छ । दुवै देशले सुरक्षा, विज्ञान, वातावरण र व्यापारमा सहकार्य गर्छन् ।

यसैबीच ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स-फ्रेड्रिक निल्सनले अमेरिकी राष्ट्रपतिले ग्रीनल्याण्डलाई भेनेजुएलासँग जोडेर सैन्य हस्तक्षेपको बारेमा गरेको कुरा गलत मात्र होइन हाम्रा जनताको लागि अनादरपूर्ण पनि भएको प्रतिक्रिया दिएका छन् । निल्सनले भनेका छन्- ‘म सुरुदेखि नै शान्त र स्पष्ट रूपमा भन्न चाहन्छु, आतंक वा चिन्ताको कुनै कारण छैन ।’ 

धेरै प्रमुख युरोपेली देशका नेताहरूले ग्रीनल्याण्डको बारेमा संयुक्त विज्ञप्ति जारी गरेका छन् । फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन, बेलायत र डेनमार्कका नेताहरूले आर्कटिक क्षेत्र (ग्रिनल्याण्ड वरपरको क्षेत्र) को सुरक्षा युरोपको लागि महत्त्वपूर्ण छ र यसले विश्वव्यापी सुरक्षालाई असर गर्छ गर्ने बताएका छन् ।

नेताहरूले नाटोले पहिले नै आर्कटिक क्षेत्र यसको लागि महत्त्वपूर्ण रहेको बताएको छ भन्दै फलस्वरूप, युरोपेली देशहरूले त्यहाँ आफ्नो उपस्थिति बढाइरहेको उल्लेख गरेका छन् । आर्कटिक सुरक्षित गर्न र कुनै पनि खतरालाई रोक्न थप गतिविधिहरू र लगानीहरू गरिँदै छन्। ग्रीनल्याण्डसँगै डेनमार्क पनि नाटोको हिस्सा हो ।

भेनेजुएलामा अमेरिकी कारबाहीको लगत्तै, ह्वाइट हाउसका वरिष्ठ अधिकारी स्टीफन मिलरकी श्रीमती केटी मिलरले सामाजिक सञ्जालमा अमेरिकी झण्डाले रंगिएको ग्रीनल्याण्डको नक्सा पोस्ट गरिन्, जसले विवादलाई अझ चर्काएको छ । मिलरले आफ्नो पोस्टको क्याप्सन लेखेकी छन्- ‘चाँडै ।’ यसले ग्रीनल्याण्ड र डेनमार्कको अमेरिकी विलयको डर बढाएको छ । ट्रम्पले लामो समयदेखि राष्ट्रिय सुरक्षा, खनिज स्रोत र आर्कटिक क्षेत्रमा रुस-चीन गतिविधिहरूलाई उद्धृत गर्दै ग्रीनल्याण्डको अमेरिकी विलयको वकालत गर्दै आएका छन् । मार्चको सुरुमा, अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले ग्रीनल्याण्डमा रहेको अमेरिकी सैन्य अड्डा भ्रमण गरे र डेनमार्कलाई त्यहाँ कम लगानी गरेको आरोप लगाएका थिए ।

Read More

मादुरोको तस्बीर भाइरल हुदा नाइकेलाई फाइदा, ट्रयाकसुट स्कट सकियो 

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी पछि, उनको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । तस्बिरमा, मादुरोले खैरो नाइके-ब्रान्डको फ्लिस ट्र्याकसूट लगाएको देखियो । यो तस्बीर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्बजनिक गरेका थिए । तस्बिर भाइरल हुने बित्तिकै, विश्वभर सबैको उनको लुगामा ध्यान गयो ।

मानिसहरूले मादुरोले कस्तो प्रकारको ट्र्याक सूट लगाएका थिए भनेर खोज्न थाले । यो नाइके फ्लिस ट्र्याकसूट हो भनेर थाहा पाउने बित्तिकै, मानिसहरूले यसलाई किन्न थाले । ट्र्याकसूटको माग बढ्यो र यो धेरै ठाउँमा बिक्री भयो । कम्पनीलाई ट्र्याकसूटको विज्ञापन गर्नु परेन । भाइरल तस्बिर आफैं सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । यस सुटको मुल्य नेपाली ९ हजारदेखि १४ हजारसम्म पर्ने बताइएको छ । विश्वका कैयौं स्थानमा यो ट्रयाक सुट अहिले सोल्ड आउट भएको छ ।

गुगल ट्रेन्ड्सका अनुसार, गुगलमा ‘नाइके टेक’ को खोजी बढेको थियो र जुन ४ मा शिर्ष स्थानमा पुगेको थियो । यसले खैरो नाइके ट्रयाकलाई अब मादुरो ग्रे; भनेर चिनिएको छ ।

Read More

अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलको समीकरण पुरा

काठमाडौँ । जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

राउण्ड १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्न ८ देशको टुंगो लागेको हो । अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुग्ने देशमा माली, सेनेगल, इजिप्ट, आइभरी कोष्ट, क्यामरुन, मोरक्को, अल्जेरिया र नाइजेरिया रहेका छन् ।

अब क्वाटरफाइनलमा माली र सेनेगल, इजिप्ट र आइभरी कोष्ट, मोरक्को र क्यामरुन तथा अल्जेरिया र नाइजेरिया खेल्दैछैन । क्वाटरफाइनलका खेल जनवरी ९ र १० मा हुने छन् ।

अफ्रिका कप अफ नेसन्सका सेमिफाइनलका खेल जनवरी १४ र फाइनल जनवरी १८ मा हुने तालिका रहेको छ ।

Read More

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको सोमबारदेखि शुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ ।

बैठक आज बिहान ९ बजे बस्ने मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

यसअघि मंगलबार बसेको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेकपा र जसपा नेपालसँग तालमेल गर्ने निर्णय गरेको थियो । 

आज १० बजेदेखि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेकाले आजको बैठकले दलहरुसँग सहमति भएको क्लस्टर अनुसार उम्मेदवार चयन गर्ने बताइएको छ ।

Read More

राष्ट्रिय सभा निर्वाचन: आज मनोनयन दर्ता हुदै

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम अन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मनोनयन दर्ताको तालिका रहेको छ । 

त्यस्तै पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचन माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ । 

राष्ट्रिय सभाको सांसदको निर्वाचनमा प्रदेशका सांसद, नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने गर्दछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८-८ जना र ३ जना राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था रहेको छ ।

प्रदेशबाट निर्वाचित हुने ८ जनामा तीन जना महिला, एक जना दलित, एक जना अपाङ्गता भएका वा अल्पसङ्ख्यक सदस्य हुने व्यवस्था गरिएको छ भने अन्य तीन जना खुला उम्मेदवार हुने गर्दछन् । 

Read More

राष्ट्रिय विभूति अरनिको स्मृति दिवस आज मनाइदै

काठमाडौँ । राष्ट्रिय विभूति कलाकार अरनिको आज स्मृति दिवस मनाइदै छ । उनको १३०६ मा मृत्यु भएको थियो । नेपाली ललितकला क्षेत्रमा अरनिको योगदान महत्वपूर्ण रहेको मानिन्छ ।

उनको योगदानको सम्झना गर्दै हरेक वर्ष पुस २३ गते अरनिको स्मृति दिवस मनाउने गरिन्छ । महान् कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुवै देशमा विशेष महत्वका साथ मनाइन्छ । विसं २०५८ सालदेखि उनको स्मृति दिवस मनाउन थालिएको हो । यसले सरकारी मान्यता समेत पाएको छ । अरनिको योगदानको जति चर्चा हुन्छ, उति नै उनको जीवनकालको ।

राजा अनन्त मल्लकै पालामा १३औं शताब्दीमा चीन पुगेका उनले नेपाली शैलीको कलाशिल्पी फैलाएको मानिएपनि उनीबारे धेरै सन्दर्भ अपुरा छन् । चीनको बेइजिङ पुगेर बहुविवाहसमेत गरेका उनका सन्तान अहिले कहाँ छन् ? यस बारेमा स्पष्ट जानकारी रहेको छैन । तैपनि विभिन्न कलाकृति र चिनियाँ दस्तावेजमा वर्णन गरिएको आधारमा नेपालमा अरनिको सम्बन्धी धारणा बन्दै आएको छ । यद्यपी उनका बारेमा अझै पनि खोज तथा अनुसन्धान हुन सकेको छैन । कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा उनले ख्यातिप्राप्त गरेका थिए ।

नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम अरनिकोले गरेका थिए । अहिलेको अवस्थामा नेपाली वास्तुकलामा अरनिले पुर्याएको गोगदानको अरुले पनि सिको गर्न जरुरी छ ।

विसं २०२४ सालमा नेपाल र नेपालीको गौरव बढाउने कार्य गर्ने १३ जना व्यक्तित्वलाई राष्ट्रिय विभूतिको रूपमा सम्मानको घोषणा गर्दा कलाकार अरनिकोलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरिएको थियो । हालसम्म उनलाई मात्रै राष्ट्रिय कलाकारका रूपमा मान्यता दिइएको छ । त्यसपछि नै अरनिकोको स्मृतिमा उनको पूर्ण कदको आकृति झल्किने हुलाक टिकट प्रकाशन गरिएको थियो । त्यस्तै अरनिकोको अनुहार–आकृति झल्किने टिकट मालाको प्रकाशन गरिएको छ ।  

Read More