२०८३ बैशाख १३

विप्लवको प्रचण्डलाई जवाफ- एकताको चर्चा जालझेलको बासी र असफल हुइयाँ

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिदै कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र भएको बताएका छन् । 

प्रचण्डले बुधबार विप्लवलाई अब यताउता नलागेर एकतामा आउन गरेको आव्हानको जवाफ दिदै विप्लवले आफ्नो धारणा राख्दै यस्तो जवाफ दिएका हुन् ।  

विपल्वले सबै कम्युनिस्ट पार्टीबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता गर्ने भन्दै उनले मालेमाओवादी पार्टीको सुदृढीकरण नै पार्टीको मूल नीति रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्: 
कम्युनिस्ट आन्दोलन बारे हाम्रो स्पष्ट धारणा छ:-

१) सबै कम्युनिस्ट पार्टीहरूका बीचमा मोर्चा र सहकार्य । २) सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता र ३) मालेमावादी पार्टीको सुदृढीकरण ।

आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र  हो‌ । यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतिहारा मात्र पर्छ । अनेकौ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र संभावनाको केन्द्र हो । आउदो भविष्यले अवश्य सावित गर्नेछ ।

Read More

प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउने काँग्रेसका पूर्वसांसदको कार्यक्रम स्थगित

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसदहरूले सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने कार्यक्रम स्थगित भएको छ ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आज प्रधानन्यायाधीश राउतलाई भेट्ने कार्यक्रम रहेको थियो । उनीहरूले रिट छिटो सुनुवाइका लागि ध्यानाकर्षण गराउने बताए पनि सो कार्यक्रम स्थगित भएको बताइएको छ ।

घिमिरेको नेतृत्वमा काँग्रेसका पुर्व सांसदहरुले संसद् पुनर्स्थापनाका रिट निवेदन दिएका थिए । पूर्व सांसदहरूको टोलीले सर्वोच्चमा एमालेका सांसदलाई पनि सूचना दिएको छ ।

Read More

चीन भ्रमणमा बेलायती प्रधानमन्त्री स्टारमर

काठमाडौँ । बेलायती प्रधानमन्त्री केयर स्टारमर आठ वर्षपछि तीन दिने भ्रमणका लागि चीन पुगेका छन् । यसअघि २०१८ मा थेरेसा मे भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री थिइन् ।

विगत आठ वर्षमा विश्वव्यापी राजनीतिमा उल्लेखनीय परिवर्तन आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक नीति र अभिव्यक्तिका कारण युरोपेली देशहरूले नयाँ साझेदारहरू खोजिरहेका छन् र चीन बलियो विकल्प जस्तो देखिन्छ ।

चीन जानुअघि स्टारमरले मिडियालाई बेलायतले अमेरिका र चीन बीच छनौट गर्नु आवश्यक नरहेको बताए । अमेरिकासँगको सम्बन्ध अक्षुण्ण रहनेछ, तर चीनलाई बेवास्ता गर्नु अनुचित हुने उनले बताए ।

यसैबीच, चीनको विदेश मन्त्रालयले यो भ्रमणले दुई देशहरू बीचको विश्वास बढाउने र सम्बन्धमा स्थिरता ल्याउने बताएको छ । बेलायतले अहिले चीनलाई एक महत्त्वपूर्ण देश मानेको छ भने, २०२० मा, कोभिड-१९ महामारीको समयमा, यसले जासुसीको आशंकामा चिनियाँ प्रविधि कम्पनी हुवावेलाई देशबाट निष्कासन गरेको थियो ।

२०१० मा, बेलायती सरकारले चिनियाँ कम्पनी हुवावेलाई देशको मोबाइल नेटवर्कमा सञ्चालन गर्न अनुमति दियो । त्यसै समयमा, हुवावेको कार्यालय भित्र ‘द सेल’ नामक समर्पित कार्यालय स्थापना गरिएको थियो, जस मार्फत सरकारले कम्पनीको सञ्चालनको निगरानी गर्थ्यो। यो धेरै वर्षसम्म राष्ट्रिय सुरक्षाको लागि महत्त्वपूर्ण मानिन्थ्यो ।

यो कार्यालयमा बेलायती साइबर सुरक्षा विशेषज्ञहरू कार्यरत थिए। हुवावेको खर्चमा, उनीहरूले हुवावेको सबै हार्डवेयर र सफ्टवेयरको जाँच गरे ताकि दुरुपयोग हुन सक्ने कुनै कोड छैन भनी सुनिश्चित गर्न सकियोस् । तैपनि, बेलायती सरकार यस प्रणालीमा पूर्ण रूपमा विश्वस्त थिएन । हुवावेलाई लगभग १० वर्षसम्म सञ्चालन गर्न अनुमति दिएपछि, सरकारले २०२० मा यसलाई बेलायतको ५जी नेटवर्कबाट बहिष्कार गर्ने निर्णय गर्‍यो । त्यही वर्ष, संसदीय अनुसन्धानले निष्कर्ष निकाल्यो कि हुवावे र चिनियाँ कम्युनिष्ट पार्टी बीचको साँठगाँठको स्पष्ट प्रमाण रहेको दाबी गरिएको थियो । विज्ञहरू र पूर्व कूटनीतिज्ञहरू विभिन्न सरकारहरूले चीनको सम्बन्धमा सही सन्तुलन कायम गर्न संघर्ष गरेका छन् ।

Read More

उत्तरपूर्वी कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु

काठमाडौँ । उत्तरपूर्वी कोलम्बियाको नोर्टे डे सान्टान्डर प्रान्तको ग्रामीण क्षेत्रमा एक विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले विमान सरकारी स्वामित्वको एयरलाइन्स सटेनाको भएको बताएका छन् । यात्रुहरूको अवस्था पत्ता लगाउन तुरुन्तै उद्धार टोली पठाइएको थियो । यद्यपि, टोली आइपुग्दा, कोलम्बियाली यातायात मन्त्रालयले दुर्घटनामा कुनै पनि यात्रु वा चालक दलका सदस्य बाँचेको जानकारी दिएको छ ।

रिपोर्टका अनुसार, स्थानीय समय अनुसार बुधबार बिहान ११:४२ बजे कुकुटा शहरको विमानस्थलबाट उडेको विमान उडेको केहि समयमा नै सम्पर्क विहिन भएको थियो । यो पहाडी क्षेत्र ओकान्या शहरतर्फ जाँदै थियो । यो यात्रामा सामान्यतया ४० मिनेट लाग्छ । उडान सुरु भएको केही मिनेटमै विमानले हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क गुमायो । घटनाको समयमा विमानमा दुई चालक दलका सदस्य र १३ यात्रु सहित १५ जना सवार थिए ।

यी यात्रुहरूमध्ये एक प्रमुख डायोजेनेस क्विन्टेरो थिए, जसले आफ्नो क्षेत्रमा आन्तरिक सशस्त्र द्वन्द्वका पीडितहरूको प्रतिनिधित्व गरेका थिए । उनको मृत्युले स्थानीय बासिन्दाहरूमाझ ठूलो शोक र चिन्ता पैदा गरेको छ । दुर्घटना के कारणले भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन ।

Read More

च्याम्पियन्स लिगको नकआउटमा पुगे ८ क्लब, रियल म्याड्रिडले प्लेअफ खेल्ने

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत ८ क्लब नकआउट चरणमा पुगेका छन् । लिग चरणका खेल सकिएपछि नकआउट चरणमा पुग्ने ८ क्लबको टुंगो लागेको हो भने बाँकी ८ क्लबको टुंगो प्लेअफबाट लाग्ने भएको छ । 

च्याम्पियन्स लिग खेलिरहेका ३६ क्लब मध्ये शिर्ष ८ स्थानमा रहेका आर्सनल, बायर्न म्युनिख, लिभरपुल, टोटन ह्याम, बार्सिलोना, चेल्सी, स्पोर्टिंग सिपि र म्यानचेस्टर सिटी नकआउट मा प्रवेश गरेका हुन् । 

त्यस्तै नवौं स्थानदेखि २४औं स्थानसम्म रहेका क्लबहरु प्लेअफ खेल्ने भएका छन् । 

प्लेअफ खेल्ने १६ टिममा रियल म्याड्रिड, इन्टर मिलान, पीएसजी, न्यूक्यासल युनाइटेड, युभेन्टस, एटलेटिको म्याड्रिड, एटलान्टा, बायर लिभरकुसेन, बोरुसिया डोर्टमण्ड, ओलाम्पियाकोस, क्लब ब्रुगे, गालाटासारे, मोनाको, क्वाराबाग, बोडो र बेनिफिका रहेका छन् । प्लेअफको ड्र शुक्रबार हुने छ । 

त्यसैगरी २५औं स्थानदेखि ३६औं स्थानसम्म रहेका सबै क्लब प्रतियोगिताबाट बाहिरिएका छन् ।

Read More

डाटा सेन्टर नेटवर्क विस्तार गर्न १३ बिलियन डलरभन्दा बढी लगानी गर्दै माइक्रोसफ्ट

काठमाडौँ । कृत्रिम बुद्धिमत्ताले बढाएको विश्वव्यापी प्राविधिक प्रतिस्पर्धाको बीचमा, माइक्रोसफ्टले संयुक्त राज्य अमेरिकामा आफ्नो डाटा सेन्टर नेटवर्क विस्तार गर्ने दिशामा एक प्रमुख कदम चालेको छ ।

विस्कॉन्सिनको माउन्ट प्लेजेन्टमा रहेको पूर्व फक्सकन औद्योगिक साइट नजिकै १५ नयाँ डाटा सेन्टरहरूको योजनालाई स्थानीय अधिकारीहरूबाट सर्वसम्मत अनुमोदन प्राप्त भएको छ । यो निर्णय संयुक्त राज्य अमेरिकामा मात्र सीमित छैन, यसले भारत सहित सबै देशहरूलाई असर गर्नेछ, जहाँ माइक्रोसफ्टको क्लाउड, एआई र डिजिटल पूर्वाधार व्यापक रूपमा प्रयोग गरिन्छ ।

माइक्रोसफ्ट, अमेजन, गुगल र ओरेकल जस्ता विश्वव्यापी प्रविधि कम्पनीहरू हाल एआई-आधारित सेवाहरूको लागि विशाल डाटा सेन्टरहरू निर्माण गर्न दौडिरहेका छन् । यी केन्द्रहरूले एनभिडिया चिप्स प्रयोग गरेर ठूला जेनेरेटिभ एआई मोडेलहरूलाई तालिम र सञ्चालन गर्छन् । माउन्ट प्लेजेन्टमा रहेको अतिरिक्त डाटा सेन्टर क्षमताले माइक्रोसफ्टलाई ओपनएआई र अन्य विश्वव्यापी ग्राहकहरूबाट पूर्व-बुक गरिएको राजस्व औपचारिक रूपमा पहिचान गर्न मद्दत गर्नेछ ।

यो विस्तारले विश्वभरका एआई स्टार्टअप, क्लाउड सेवाहरू र डिजिटल शासनका प्रयोगकर्ताहरूको लागि सेवाहरूको दिगोपन र स्केललाई अप्रत्यक्ष रूपमा बलियो बनाउनेछ । आधिकारिक कागजातहरूका अनुसार, प्रस्तावित डाटा सेन्टर विकास परियोजनाहरूको कुल कर योग्य मूल्य १३ बिलियन डलरभन्दा बढी छ । यो तथ्याङ्कले एआई पूर्वाधार अब केवल प्राविधिक आवश्यकता मात्र होइन, तर दीर्घकालीन आर्थिक रणनीति हो भन्ने संकेत गर्दछ ।

माउन्ट प्लेजेन्ट छिमेकले पहिले नै विश्वव्यापी रूपमा हेडलाइन बनाएको छ । २०१७ मा, फक्सकनले १० अर्ब डलरको कारखाना र १३ हजार रोजगारीको वाचा गरेको थियो, जुन वाचालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समर्थन गरेका थिए । यद्यपि, योजना पूर्ण रूपमा साकार हुन सकेन । २०२३ सम्ममा, फक्सकनले विस्कॉन्सिनभरि केवल एक हजार मानिसहरूलाई रोजगारी दियो, जसले यस क्षेत्रमा २५० मिलियन डलरभन्दा बढीको आर्थिक बोझ थोपर्यो । यस पृष्ठभूमिमा, माइक्रोसफ्टको परियोजनालाई अझ यथार्थपरक र दिगो लगानीको रूपमा हेरिएको छ ।

माइक्रोसफ्टको नयाँ विस्तार यसको अवस्थित डाटा सेन्टर क्याम्पसको उत्तरपश्चिममा अवस्थित दुई प्लट जग्गामा प्रस्ताव गरिएको छ । कम्पनीले २०२३ र २०२४ मा यस क्षेत्र र निजी जग्गाधनीहरूबाट ठूलो प्लटको लागि जग्गा खरिद गरेको थियो । दुवै योजनाहरूमा लगभग ९० लाख वर्ग फिट निर्माण क्षेत्र र तीन सबस्टेशनहरू समावेश छन्, जसले उच्च क्षमताको बिजुली आपूर्ति सुनिश्चित गर्नेछ ।

अमेरिकामा डाटा सेन्टर क्षमता विस्तार गर्नाले यसको विश्वव्यापी नेटवर्कलाई बलियो बनाउँछ, जसले कम्पनीहरू, सरकारी परियोजनाहरू र स्टार्टअपहरूलाई थप भरपर्दो र स्केलेबल डिजिटल सेवाहरू पहुँच गर्न सक्षम बनाउछ । 

विश्वका उदीयमान डिजिटल बजारहरूमा यस्तै लगानी मोडेलहरू विचार गरिँदैछ । डाटा सेन्टरहरूको लागि उपयुक्त स्थानहरू खोज्नु विश्वव्यापी रूपमा प्रमुख चुनौती बन्दै गइरहेको छ । विशाल ऊर्जा आवश्यकताहरूको कारण, उपयोगिता कम्पनीहरूले प्रायः आवश्यक आपूर्तिहरू प्रदान गर्न असमर्थ हुन्छन् । यसबाहेक, वातावरणीय र स्रोत सरोकारहरूको सन्दर्भमा स्थानीय समुदायहरूबाट बढ्दो विरोध भने  भइरहेको छ ।

Read More

भारतविरुद्ध न्यूजील्याण्ड ५० रनले विजयी

काठमाडौँ । न्यूजील्याण्डले जारी टी-२० सिरिजको चौथो खेलमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई ५० रनले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको २१६ रनको लक्ष्य पछाएको भारत १८.४ ओभरमा अल आउट हुदै १६५ रन बनाएको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २१५ रन बनाएको थियो ।

योसँगै ५ खेलको सिरिजमा भारत ३-१ ले अगाडी रहेको छ र अब सिरिजको पाँचौं तथा अन्तिम खेल शनिबार हुने तालिका रहेको छ ।

Read More

चर्चित निर्वाचन क्षेत्र: काठमाडौँ- ५ को चुनावी गणित, प्रदिपका चुनौती कमल, ईश्वरदेखि सस्मितसम्म

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक काठमाडौँको क्षेत्र नम्बर ५ पनि रहेको छ ।  यस क्षेत्रबाट नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेल, नेकपा एमालेका नेता ईश्वर पोखरेललगायतको उम्मेदवारीका कारण चर्चामा रहेको छ ।

काठमाडौँ क्षेत्र न्मब्र ५ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडा नम्बर २, ३, ४ र ५ रहेका छन् भने बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ७ रहेका छन् । त्यस्तै टोखा नगरपालिकाको २, ३, ४, ५, ६ र ७ नम्बर वडा रहेका छन् ।

काठमाडौँ- ५ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ७८ हजार ११४ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा ९० मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन- २०७९ 
२०७९ को आम निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले जित हासिल गरेका थिए । पौडेलले १५ हजार २६९ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । त्यसैगरी एमाले नेता ईश्वर पोखरेलले १० हजार १९० मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रबाट गत निर्वाचनमा रास्वपाका डा. प्रणय शमशेर राणाले ५ हजार ४७७ मत प्राप्त गरेका थिए भने राप्रपाका राम प्रसाद उप्रेतीले ३ हजार १६२ मत प्राप्त गरेका थिए ।

त्यस्तै गत निर्वाचनमा यस क्षेत्रबाट समानुपातिकतर्फ रास्वपाले ११ हजार ६४७ मत प्रप्त गरेको थियो भने नेपाली काँग्रेसले १० हजार ४३ मत प्राप्त गरेको थियो । त्यस्तै एमालेले ९ हजार ६५२ मत प्राप्त गरेको थियो भने राप्रपाले ७ हजार २०१ मत प्राप्त गरेको थियो ।

उम्मेदवार- २०८२
फागुन २१ गते हुने निर्वाचनका लागि यस क्षेत्रबाट दल र स्वत्रन्त्र गरि २५ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमा नेकपा एमालेबाट नेता ईश्वर पोखरेल, नेपाली काँग्रेसबाट प्रदिप पौडेल, रास्वपाबाट सस्मित पोखरेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा उम्मेदवार बनेका छन् । त्यस्तै यस क्षेत्रमा गतिशील लोकतान्त्रिक पार्टीबाट निशा अधिकारी, उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङलगयात उम्मेदवार रहेका छन् ।

निष्कर्ष:
यस क्षेत्रमा नेपाली काँग्रेसका प्रदिप पौडेल पुन: एक पटक जित निकाल्ने प्रयासमा रहेका छन् । तर उनलाई यो सजिलो भने देखिएको छैन । उनलाई एमालेका ईश्वर पोखरेल र रास्वपाका सस्मित पोखरेलले चुनौती दिएका छन् । पौडेल काँग्रेसमा तत्कालिन संस्थापनविरुद्ध विद्रोह गरेर पार्टीको महामन्त्री बन्दै चुनावी मैदानमा रहेका छन् । यसबाट आम मतदातामा काँग्रेसप्रति बनेको सकारात्मक धारणाको फाइदा पौडेललाई हुने देखिएको छ । त्यस्तै एमालेको हालै सम्पन्न महाधिवेशनमा केपी शर्मा ओलीलाई चुनौती दिएका ईश्वर पोखरेल यस क्षेत्रबाट पाँचौं पटक उम्मेदवार बनेका छन् । उनले २०६४ र २०७० को निर्वाचनमा हार बेहोरेका थिए भने त्यसपछि २०७४ मा पोखरेल विजयी भएका थिए ।

त्यसैगरी यस क्षेत्रमा रास्वपाका सस्मित पोखरेल उम्मेदवार बनेका छन् । बालेन शाहको टिमबाट उम्मेदवार बनेका पोखरेलले काँग्रेस र एमालेका उमेम्दवारलाई चुनौती दिने देखिन्छ । त्यस्तै यस अघि हेटौडाबाट चुनाव लड्ने गरेका राप्रपा नेता कमल थापा पनि यस क्षेत्रमा उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा राप्रपाले यस क्षेत्रमा समानुपातिक तर्फ प्राप्त गरेको ७ हजार मतलाई आधार मान्दा पनि उनी पनि चुनावी प्रतिष्पर्धामा रहेको भन्न सकिन्छ ।

यसरी हेर्दा यस क्षेत्रमा प्रदीप पौडेललाई रास्वपाको देशव्यापी लहरसँगै कमल थापा र ईश्वर पोखरेलको राजनीतिकको सामना गर्दै आफ्नो  क्षेत्र बचाउने चुनौती रहेको देख्न सकिन्छ ।

Read More

उस्मान डेम्बेलेलाई साउदी लिगको बम्पर अफर

काठमाडौँ । फ्रान्सका राइट विंगर उस्मान डेम्बेलेका लागि साउदी प्रो लिगले बम्पर अफर गरेको छ ।

पिएसजीका डेम्बेलेलाई साउदी प्रो लिगमा आउनका लागि सय मिलियन युरोको प्रारिश्रमिक प्रस्ताव गरिएको रिपोर्टले सनसनी मच्चाएको छ । बेलुन डो अर विजेता डेम्बेलेको पीएसजीमा २०२८ को जुन ३० सम्म सम्झौता रहेको छ । उनी पीएसजीका महत्वपूर्ण खेलाडी भएपनि अहिले उनले पीएसजीमा परिश्रमिक बढाउन दबाब दिएको रिपोर्ट बाहिर आएको छ । पिएसजी र डेम्बेलेबीच पारिश्रमिक बढाउने र सम्झौता नवीकरण गर्ने छलफल नमिलेको खबर बाहिर आएपछि साउदी प्रो लिगले उनका लागि सय मिलियन युरोको प्रस्ताव गरेको रिपोर्ट गरिएको छ ।

यससँगै डेम्बेलेको आगमन पछि क्लबको इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग जितेको पीएसजीले उनलाई गुमाउन सक्ने सम्भावना बढेको बताइएको छ ।

२०२३ मा बार्सिलोनाबाट पीएसजी आएका डेम्बेलेले अहिलेसम्म ११५ खेल खेल्दै ४९ गोल गरेका छन् । उनले पिएसजीलाई २०२४-२५ को च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने उनले दुई सिजन लिग वान जिताएका छन् । त्यस्तै युइएफए सुपर कपको उपाधि सहित युइएफए इन्टरकन्टिनेन्टल कप समेत जिताएका छन् । त्यस्तै २०२५ मा भएको फिफा क्लब विश्वकपमा पिएसजी उपविजेता समेत बनेको थियो ।

Read More

संसद पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन काँग्रेसका पूर्व संसदहरुले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउदै

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसदहरूले सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आज प्रधानन्यायाधीश राउतसँग समय लिएको बताइएको छ । उनीहरूले रिट छिटो सुनुवाइका लागि ध्यानाकर्षण गराउने जानकारी दिएका छन्।

घिमिरेको नेतृत्वमा काँग्रेसका पुर्व सांसदहरुले संसद् पुनर्स्थापनाका रिट निवेदन दिएका थिए । पूर्व सांसदहरूको टोलीले सर्वोच्चमा एमालेका सांसदलाई पनि सूचना दिएको छ । 

Read More