२०८३ बैशाख १३

सर्लाही-४ मा अमरेशको अग्रता कायमै, गगन ६५५३ मतले पछाडी

काठमाडौँ । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता बढाएका छन्  ।

पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले १६ हजार २२७ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले ९ हजार ६७४  मत प्राप्त गर्दै पछाएका छन्  । अमरेशभन्दा गगन हाल ६५५३ मतले पछि रहेका छन्  । 

त्यस्तै नेकपा एमालेका अम्निश कुमार यादवले ३२६२ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले १०२२ मत प्राप्त गरेका छन् ।

Read More

यी चार जना ५० हजारभन्दा बढी मत ल्याएर विजयी, लेखजंगको सबैभन्दा धेरै

काठमाडौँ । निर्वाचनको जारी मतगणनामा चार उम्मेदारले ५० हजारभन्दा बढी मत प्राप्त गरेर विजयी भएका छन् । 

चारै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रहेका छन् । रास्वपाका डा. लेखजंग थापाले रुपन्देही- ३ बाट ५८ हजार ८१४ मत प्राप्त गर्दै सबै भन्दा बढी मत प्राप्त गरेका छन् । उनले नेपाली काँग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मत अन्तरले पराजित गरेका छन् ।

त्यस्तै रुपन्देही २ बाट रास्वपाकै सुलभ खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका छन् । उनले नेकपा एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मत अन्तरले पराजित गरेका छन् ।

त्यसैगरी रास्वपाकै रुबिना आचार्यले मोरङ- ६ बाट ५५ हजार ५१३ मत प्राप्त गरेर विजयी भएकी छन् । उनले नेपाली काँग्रेसका नेता डा. शेखर कोइरलालाई ४२ हजार ६६३ मत अन्तरले पराजित गरेकी छन् ।

त्यसैगरी रास्वपा सभापति रवि लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले काँग्रेसकी मिना खरेललाई ३९ हजार ८३८ मत अन्तरले पराजित गरेका छन् ।

Read More

झापा- ५ मा बालेन ३१ हजारभन्दा बढी मतले अगाडी

काठमाडौँ । झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता बनाएका छन् ।

पछिल्लो मत गणना अपडेट अनुसार बालेन शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा ३१ हजार ११६ मत अन्तरले अगाडी रहेका छन् । बालेनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् भने ओलीले ११ हजार ४२७ मत प्राप्त गरेका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ७ हजार १०७ मत प्राप्त गरेका छन् ।

Read More

गुल्मी- २ मा गोकर्ण विष्टलाई हराउदै रास्वपाका गोविन्द पन्थी विजयी

काठमाडौँ । गुल्मी- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थी विजयी भएका छन् ।

पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका गोकर्ण विष्टलाई ४९६ मत अन्तरले पराजित गरेका हुन् । विष्टले १६ हजार ३८२ मत प्राप्त गरेका थिए ।

त्यस्तै यस क्षेत्रमा काँग्रेसका भुवन प्रसाद श्रेष्ठले १४ हजार ४०५ मत प्राप्त गरेका छन् भने नेकपाका श्रीराम महतले ३०७९ मत प्रप्त गरेका छन् ।

Read More

डोटीबाट काँग्रेसका भरतबहादुर खड्का विजयी

काठमाडौँ । डोटीबाट नेपाली काँग्रेसका भरत बहादुर खड्का विजयी भएका छन् । खड्काले १४ हजार ८९७ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका नरेन्द्र बहादुर खड्काले १३ हजार २७० मत पाए भने नेकपाका त्रिलोचन भट्टले ५ हजार ४१३ मत पाएका छन् ।  

यो काँग्रेसको छैटौं जित हो । यसअघि काँग्रेसले दैलेख- १ मा बासना थापाले १२ हजार  ३७२ मत ल्याएर विजयी भएकी छन्  । त्यस्तै मनाङ मा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेकी छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले ११ हजार ५६१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।

Read More

कपिलवस्तु- १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको अग्रता

काठमाडौँ । कपिलवस्तु- १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले अग्रता लिएका छन् ।

पछिल्लो मत गणनाको अपडेट अनुसार स्वतन्त्र उम्मेदवार शर्माले १० हजार ६६९ मत प्राप्त गरेर अग्रता बनाएका हुन् । 

यसअघि अग्रता बनाएका रास्वपाका मोहन आचार्य अहिले ४७६ मतले पछाडी रहेका छन् । आचार्यले १० हजार १९३ मत प्राप्त गरेका छन् । 

त्यस्तै नेपाली काँग्रेसका अतहर कमाल मुसलमानले ९ हजार ६६१ मत प्राप्त गरेका छन् भने राप्रपाका शत्रुघन विलास सिंह कुर्मीले १३८४ र एमालेका विश्राम चौधरीले १३१७ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका कृष्ण कुँवरले १०८८ मत प्राप्त गरेका छन् ।

Read More

समानुपातिकमा कसले कति मत पाए ?

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ७५ हजार १५३ मत गणना भएको छ ।

जसमा रास्वपाले ४२ हजार ४० मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ५५.९ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १२ हजार ५५३ मत अर्थात १६.७ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले ७ हजार १३८ अर्थात् ९.४९ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै राप्रपाले ५ हजार १९२ मत पाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले ३ हजार १६४ मत प्राप्त गरेको छ ।

त्यस्तै श्रम संस्कृति पार्टीले १५३९ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले १२९१ मत प्राप्त भएको छ ।

Read More

इरानमा सेना पठाउने तयारीमा ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैनिक पठाउने सम्भावनाबारे तयारी सुरु गरेको खबर सार्वजनिक भएको छ । अमेरिकी सञ्चारमाध्यम एनबिसी समाचारले विभिन्न स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।

उक्त विवरणअनुसार ट्रम्पले राष्ट्रपतिको कार्यालयका सहयोगी तथा रिपब्लिकन दलका नेतासँग भएको छलफलमा यो विषय उठाएका थिए । ती छलफलमा उनले युद्धपछि इरानको भविष्यबारे आफ्नो योजनासमेत उल्लेख गरेका थिए । सो योजनामा तेहरान र वासिङ्टनबीच तेल क्षेत्रको सहकार्यको सम्भावनाबारे पनि चर्चा गरिएको बताइएको छ ।

स्रोतका अनुसार ट्रम्पले ठूलो स्तरको स्थलगत आक्रमणको योजना भने अघि बढाएका छैनन् । बरु सीमित संख्यामा अमेरिकी सैनिकलाई विशेष रणनीतिक कार्यका लागि पठाउने विकल्पबारे विचार भइरहेको बताइएको छ ।

यद्यपि यस विषयमा अहिलेसम्म कुनै अन्तिम निर्णय नभएको र ट्रम्पले औपचारिक रूपमा कुनै घोषणा नगरेको पनि समाचारमा उल्लेख गरिएको छ ।

Read More

बझाङबाट एमालेका ऐनबहादुर महर विजयी

काठमाडौँ । बझाङबाट नेकपा एमालेका ऐनबहादुर महर विजयी भएका छन् ।

महरले १८ हजार ५४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका थिए ।

त्यस्तै यस जिल्लामा नेकपामा मीन बहादुर कुँवरले ९ हजार ७५७ र रास्वपाका शैलेश कुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेका थिए ।

Read More

रुपन्देही- २ मा रास्वपाका सुलभ खरेल विजयी, विष्णु पौडेलको लज्जास्पद हार

काठमाडौँ । रुपन्देही- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले शानदार जित हासिल गरेका छन् ।

खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका नेता विष्णु पौडेललाई ४३ हजार ६८९ मतअन्तरले पराजित गरेका हुन् ।  

पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन् । 

Read More