२०८३ बैशाख १३

सुनसरी- १ मा हर्क साम्पाङ १४ हजार ३२१ मत अन्तरले अगाडी

काठमाडौँ । सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बढाएका छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले ३० हजार ५५७ मतसहित अग्रता बनाएका छन् । त्यस्तै रास्वपाकी गोमा तामाङले १६ हजार २३६ मत प्राप्त गरेकी छन् । साम्पाङले हालसम्म १४ हजार ३२१ मतले अग्रता बनाएका छन् ।  

त्यस्तौ नेकपाका सुर्य बहादुर भट्टराईले ५ हजार १४८ मत पाएका छन् भने  नेकपा एमालेका टिकाराम लिम्बुले ३ हजार ८५४ मत प्राप्त गरेका छन् ।

Read More

इलाम- १ बाट एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौँ । इलाम- १ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । सुहाङले २२ हजार ४२६ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० मत प्राप्त गरेका छन् भने रास्वपाका गोकुलबहादुर राईले ७ हजार ८१४ मत प्राप्त गरेका छन् ।    

Read More

समानुपातिकमा पनि रास्वपा अगाडी, कुन दलले कति पाए ?

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म २० लाख ३९ हजार ५४३  मत गणना भएको छ ।

जसमा रास्वपाले ११ लाख १ हजार ५२५ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ५४ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले ३ लाख ६२ हजार ४२० मत अर्थात १७.८ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले २ लाख ९१ हजार १५१ अर्थात् १४.३ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले १ लाख २७ हजार १९१ मत प्राप्त गरेको छ भने राप्रपाले ७८ हजार ३२४ मत पाएको छ ।   

त्यस्तै श्रम संस्कृति पार्टीले ४५ हजार ९४ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले २५ हजार २०८ मत प्राप्त भएको छ । त्यसैगरी जसपा नेपालले १६ हजार ७१८ मत प्राप्त गरेको छ ।

Read More

टी- २० विश्वकपको उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने

काठमाडौँ । जारी टी- २० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने हुदैछन् । यो खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।

दुवै टोली उपाधिबाट एक कदम मात्र टाढा रहेका कारण फाइनल खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताभर भारतको ब्याटिङ निकै प्रभावशाली देखिएको छ भने न्युजील्यान्डका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले फाइनलमा बलियो ब्याटिङ र अनुशासित बलिङबीचको रोचक प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ।

भारतका लागि सञ्जु सामसन र इशान किशन उत्कृष्ट लयमा देखिएका छन् । सामसनले चार खेलमा २३२ रन बनाएका छन् भने किशनले आठ खेलमा २६३ रन जोडिसकेका छन् । टोलीका कप्तान सूर्यकुमार यादवले पनि २४२ रन बनाएका छन् । यस्तै हार्दिक पाण्ड्याले अलराउण्ड प्रदर्शन गर्दै ब्याटबाट १९९ रन बनाउनुका साथै बलिङतर्फ आठ विकेट लिएका छन् । तिलक वर्मालाई अन्तिम क्रममा ब्याटिङ गराउने निर्णय पनि टोलीका लागि लाभदायक बनेको छ ।

तर भारतका लागि बलिङ भने चिन्ताको विषय बनेको छ । जसप्रित बुमराह बाहेक अन्य बलरहरू अपेक्षाअनुसार प्रभावकारी देखिएका छैनन् । बुमराहले सात खेलमा १० विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन् । अर्शदीप सिंहको प्रदर्शन भने उतारचढावपूर्ण देखिएको छ भने वरुण चक्रवर्तीबाट पनि अपेक्षित सफलता मिल्न सकेको छैन ।

यता न्युजील्यान्डको सबैभन्दा बलियो पक्ष बलिङ रहेको छ। म्याट हेनरी र लोकी फर्ग्युसनको तीव्र बलिङले विपक्षी ब्याटरलाई निकै दबाबमा पारेको छ । कप्तान मिचेल स्यान्टनरले किफायती बलिङ गर्दै रनको गति नियन्त्रण गरेका छन् भने रचिन रविन्द्रले स्पिन बलिङबाट विकेट निकाल्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका छन् । रविन्द्रले प्रतियोगितामा ११ विकेट लिइसकेका छन् ।

न्युजील्यान्डको ब्याटिङतर्फ शीर्ष क्रममा रहेका टिम सिफर्ट र फिन एलेन उत्कृष्ट लयमा छन्। सिफर्टले सात खेलमा २७४ रन बनाएका छन् भने एलेनले २८९ रन जोडेका छन् । उनले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ३३ बलमा शतक प्रहार गर्दै आफ्नो आक्रामक क्षमता देखाएका थिए ।

फाइनल खेलको नतिजा धेरै हदसम्म भारतको बलियो ब्याटिङले न्युजील्यान्डको अनुशासित बलिङविरुद्ध कस्तो प्रदर्शन गर्छ भन्नेमा निर्भर रहने देखिन्छ । यदि भारतीय ब्याटरहरूले सुरुदेखि नै आक्रामक रूपमा रन बनाउन सके खेलमा भारतको पकड बलियो हुन सक्छ । तर न्युजिल्यान्डका बलरहरूले सुरुवाती विकेट लिन सफल भए खेलको दिशा बदलिन पनि सक्छ ।

समग्रमा हेर्दा अहमदाबादमा हुने फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। भारत लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ भने न्युजील्यान्ड पहिलोपटक यो उपाधि जित्ने प्रयासमा मैदान उत्रनेछ ।

सम्भावित प्लेइङ ११:

भारत: संजु सामसन (विकेटकिपर), अभिषेक शर्मा, इशान किशन, सूर्यकुमार यादव (कप्तान), शिवम दुबे, तिलक वर्मा, हार्दिक पाण्ड्या, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रीत बुमराह र अर्शदीप सिंह ।
न्यूजील्याण्ड: टिम सेफर्ट (विकेटकिपर), फिन एलेन, रचिन रवीन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल, जेम्स नीशम, मिचेल स्यान्टनर (कप्तान), कोल म्याककोन्ची, म्याट हेनरी र लकी फर्गुसन । 

Read More

कपिलवस्तु- १ मा रास्वपाका मोहन आचार्यको शानदार जित

काठमाडौँ । कपिलवस्तु- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहन आचार्य विजयी भएका छन् । आचार्यले ३४ हजार १४८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ५६० मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा नेपाली काँग्रेसका अतहर कमाल मुसलमानले १४ हजार ५८२ मत प्राप्त गरे भने नेकपा एमालेका बिश्राम चौधरीले ७ हजार ९८० र नेकपाका कृष्ण कुँवरले ४ हजार ६१६ मत प्राप्त गरेका छन् ।

तीन क्षेत्र रहेको कपिलवस्तुको क्षेत्र नम्बर २ मा रास्वपाकै विक्रम थापा विजयी भएका छन् भने क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका अभिषेक प्रताप सिंह विजयी भएका छन् ।

Read More

सर्लाही-४ मा गगन थापालाई हराउदै रास्वपाबाट अमरेश विजयी

काठमाडौँ । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंह विजयी भएका छन् । सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका सभापति गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् । 

त्यस्तै यस क्षेत्रमा नेकपा एमालेका अम्निश कुमार यादवले ९ हजार ३४३ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले १५७२ मत प्राप्त गरेका छन् ।

सर्लाही- ४ मा कुल मतदाता १ लाख २१ हजार १२ रहेकोमा ७७ हजार ९३१ मत खसेको थियो । 

Read More

अन्तर्राष्ट्रिय नारी दिवस आज मनाइँदै, यस्तो छ इतिहास

काठमाडौँ । आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । हरेक बर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै आएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

यस बर्ष अन्तर्राष्ट्रिय नारी दिवसका लागि संयुक्त राष्ट्रसंघले ‘सबै महिला र बालबालिकालागि अधिकार, न्याय र कार्य’ भन्ने रहेको छ । यस नाराले समाजमा रहेका संरचनागत अवरोध हटाउने, भेदभावपूर्ण कानुन अन्त्य गर्ने तथा महिला र बालिकाको अधिकार सुरक्षित गर्न कानुनी संरक्षण बलियो बनाउने विषयमा जोड दिएको छ ।

सन १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्‍यालीमार्फत महिला आन्दोलन गरेका थिए । आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

तर, अमेरिकामा मात्रै होइन, यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने भन्दै सुरुमा नारीवादी नेतृ क्लारा जेट्किनले बहस सुरु गरिन् । सन १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यो विषयलाई औपचारिक रुपमा प्रवेश गराइन्, जुन सम्मेलनमा १७ देशका १०० भन्दा बढी महिला नेतृहरुको सहभागीता रहेको थियो । जेट्किनको यो प्रस्तावमा सहभागी सबै राष्ट्रका महिलाहरुले सहमति जनाए ।

सो सम्मेलनपछि पहिलो पटक सन १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा औपचारिक रुपमा नै मनाउन सुरु गरियो । क्रमश: अन्य देशले पनि यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन सुरु गरे । यो आ-आफनो देशअनुसार मनाउने चलन क्रमश: बढ्दै गयो ।

सन १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन । सो आन्दोलनले महिला आन्दोलनलाई झनै उचाइमा लगिदियो । सो महिला आन्दोलनको चार दिनपछि रुसका तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि मात्र बल्ल यसले विश्वभरका लागि आधिकारिक मान्यता पायो र राष्ट्र संघका सबै सदस्यले यसलाई संसारभर मनाउन थालेका थिए ।

Read More