२०८३ बैशाख १३

ओली र लेखकलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा र काँग्रेस नेता रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

 जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिनको म्याद थप गर्न अनुमति दिएको हो ।

आजको इजलासमा ओलीलाई भिडियो कन्फेरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको थियो भने काँग्रेस नेता लेखक उपस्थित भएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न समय माग गरेको थियो । 

शनिबार पक्राउ परेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

Read More

पुर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने बारे प्रचण्डले के भने ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको विषय भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने कुरा आफूले संसदमा उठाएको बताउदै भने- ‘हामीले भनेकै कुरा हो । मैले पार्लियामेन्ट पनि यस विषयमा बोलेको छु । पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने हामीले भनेकै कुरा हो ।’

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि राजनीतिक पूर्वाग्रह नराखी अनुसन्धान हुनुपर्ने बताए । उनले राजनीतिक पूर्वाग्रह नराखी स्वतन्त्र ढंगले छानबिन हुनुपर्ने बताए ।

Read More

रवि लामिछानेसहितको मुद्धा पूर्ण इजलासमा पेश गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्धामा सर्वोच्च अदालतले पूर्ण इजलासमा पेस गर्ने आदेश गरेको छ । 

सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्धय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले पूर्ण इजलासमा पेश गर्ने आदेश दिएको हो । 

यो रिट अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । 

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।

Read More

बानेश्वर क्षेत्रमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौँको बानेश्वर क्षेत्रमा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।  झडपमा प्रहरीले एमाले कार्यकर्तामाथि लाठिचार्ज गरेको छ । सो क्रममा केहि कार्यकर्ता घाइते समेत भएका छन् । 

ओलीको रिहाइको माग गर्दै एमालेका नेता तथा कार्यकर्ता माइतीघरमा गरेको प्रदर्शनपछि उनीहरु नयाँ बानेश्वर क्षेत्रमा पुगेका थिए। 

आज उनीहरुले अध्यक्ष ओली पक्राउको विरोधमा काठमाडौँ जिल्ला प्रशासनमा विरोध पत्र समेत बुझाएका थिए ।

Read More

उत्तर कोरियाबाट अमेरिकालाई लक्षित गर्नसक्ने मिसाइल परिक्षण

काठमाडौँ । उत्तर कोरियाका नेता किम जोंग उनले नयाँ तथा शक्तिशाली क्षेप्यास्त्र इन्जिन परीक्षणको प्रत्यक्ष अवलोकन गरेका छन् ।

सरकारी सञ्चार माध्यमले आइतबार यसको जानकारी दिएको हो । यो इन्जिन सुधारिएको, उच्च शक्तियुक्त र ठोस इन्धनमा आधारित रहेको बताइएको छ, जसको क्षमता पहिलेभन्दा धेरै बढाइएको छ । किमले यसलाई देशको सैनिक शक्ति विस्तारतर्फको महत्वपूर्ण कदम बताएका छन् ।

उक्त परीक्षणको उद्देश्य अमेरिका र उसका सहयोगीलाई लक्षित गर्न सक्ने क्षेप्यास्त्र विकास गर्नु रहेको जनाइएको छ । यस्ता क्षेप्यास्त्र पहिचान गर्न र रोक्न कठिन हुने बताइएको छ ।

कोरियन केन्द्रीय समाचार एजेन्सीका अनुसार यो इन्जिन कार्बन फाइबरबाट बनेको हो । यसको अधिकतम शक्ति २५ सय किलोटन मापन गरिएको छ, जुन यसअघि सेप्टेम्बरमा गरिएको परीक्षणमा १ हजार ९७० किलोटन थियो । यो परीक्षण देशको पाँच वर्षे हतियार विकास योजनाअन्तर्गत गरिएको हो । यसको लक्ष्य परमाणु क्षमता भएका ब्यालिस्टिक क्षेप्यास्त्रलाई थप आधुनिक बनाउनु रहेको छ । किमले यस परीक्षणपछि देशको रणनीतिक शक्ति उच्च स्तरमा पुगेको दाबी गरेका छन् । परीक्षण कहिले र कहाँ गरिएको हो भन्ने स्पष्ट जानकारी भने दिइएको छैन ।

केही विज्ञहरूले उत्तर कोरियाको दाबी बढाइचढाइ गरिएको हुन सक्ने बताएका छन् । दक्षिण कोरियाका एक अनुसन्धानकर्ता ली चुन ग्यूनले उत्तर कोरियाले केही महत्वपूर्ण विवरण लुकाएको हुन सक्ने बताए । विशेषगरी इन्जिन कति समयसम्म चलेको थियो भन्ने जस्ता तथ्य सार्वजनिक गरिएको छैन ।

यसअघि सेप्टेम्बरमा गरिएको परीक्षणलाई उत्तर कोरियाले ठोस इन्धन इन्जिनको अन्तिम जमिन परीक्षण भनेको थियो र यसलाई अन्तरमहादेशीय क्षेप्यास्त्रमा प्रयोग गरिने जनाएको थियो । त्यसबेला विज्ञहरूले छिट्टै यस्तो इन्जिन जडित क्षेप्यास्त्र परीक्षण प्रक्षेपण हुने अनुमान गरेका थिए, तर हालसम्म त्यस्तो परीक्षण भएको छैन ।

विज्ञहरूका अनुसार यस कार्यक्रम केही ढिलो भइरहेको देखिन्छ । रुसको प्राविधिक सहयोगमा अझ उन्नत इन्जिन विकास भइरहेको सम्भावना पनि औंल्याइएको छ । पछिल्लो समय रुस र उत्तर कोरियाबीच सम्बन्ध थप नजिकिँदै गएको छ। उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई सहयोग गर्न आफ्ना सैनिक र हतियार पठाएको पनि बताइएको छ ।

ठोस इन्धन प्रविधिबाट उत्तर कोरियाले साना क्षेप्यास्त्र पनि निर्माण गर्न सक्छ, जसलाई पनडुब्बी वा चलायमान सवारीबाट प्रक्षेपण गर्न सजिलो हुन्छ । यसले अमेरिकी सुरक्षा प्रणालीका लागि चुनौती बढाउने अनुमान गरिएको छ ।

उत्तर कोरियाले पछिल्ला वर्षहरूमा धेरै क्षेप्यास्त्र परीक्षण गरिसकेको छ, जसले अमेरिका सम्म पुग्ने क्षमता राख्छन् । 

सन् २०१९ मा डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि किम जोंग उनले आफ्नो परमाणु भण्डार बढाउन जोड दिँदै आएका छन् । उनले वार्ताको ढोका खुला राखे पनि परमाणु निःशस्त्रीकरणको शर्त स्वीकार गर्न अस्वीकार गर्दै आएका छन् ।

Read More

निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धनको रणनीति कार्यान्वयन गर्ने सरकारको निर्णय सकारात्मक- महासंघ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति तत्काल कार्यान्वयन गर्ने निर्णयलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस निर्णयले निजी क्षेत्रका व्यवसाय, लगानी र व्यक्तिगत सुरक्षामा सरकारको प्रतिबद्धता देखिएको बताए। उनले यसबाट निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको पनि उल्लेख गरेका छन् ।

सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यक्रममा यो रणनीति समेटिएको छ। देशको आर्थिक स्थायित्व, लगानी वातावरण सुदृढीकरण र निजी क्षेत्रप्रति विश्वास पुनःस्थापना गर्ने उद्देश्यले मन्त्रिपरिषदले उक्त रणनीति स्वीकृत गरी तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

सरकारले यस रणनीतिमार्फत भौतिक सुरक्षा र सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, नियम सहज बनाउने व्यवस्था, लगानी प्रवर्द्धन तथा युवा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम अघि बढाउने जनाएको छ ।

भदौ २३ र २४ गतेको प्रदर्शनपछि निजी क्षेत्रका व्यवसाय, आवास र प्रतिष्ठानमा भएको तोडफोड तथा आगजनीबाट प्रभावित व्यवसायलाई राहत र सहजता प्रदान गर्न महासंघले प्रस्ताव पेश गरेको थियो। मन्त्रिपरिषदले आवश्यक सहुलियत दिने निर्णय पनि गरेको छ ।

नीतिगत सुधारका लागि महासंघको आग्रहअनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझावहरू कार्यान्वयन गर्ने निर्णय पनि सरकारले गरेको छ। यसअनुसार १५ वटा कानुन खारेज गर्ने प्रक्रिया अघि बढाइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् ।

महासंघले आर्थिक सुधारको दोस्रो चरणका लागि मार्गचित्र तयार पार्न उच्चस्तरीय आयोग गठन गर्न यसअघि नै सरकारसँग आग्रह गरेको थियो। अध्यक्ष ढकालले राष्ट्रिय आर्थिक रूपान्तरण २०३० अभियानअन्तर्गत आवश्यक कानुन संशोधन, परिमार्जन र खारेजीका लागि पहल गरिएको बताए ।

यसैगरी विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्ड, उद्योग विभागलगायत समान प्रकृतिका निकायलाई एकीकृत संरचनामा ल्याउने निर्णयले सेवा प्रवाह सरल हुने विश्वास व्यक्त गरिएको छ ।

सरकारले अधिकांश सेवा डिजिटल माध्यमबाट प्रदान गर्ने र सुशासन कायम गर्ने प्रतिबद्धता जनाएको छ। साथै सबै व्यावसायिक सेवा एउटै स्थानबाट उपलब्ध गराउने गरी ४५ दिनभित्र एकद्वार सेवा प्रणाली तयार पार्ने योजना अघि बढाइएको छ ।

ऊर्जा उत्पादन र निर्यातलाई प्रोत्साहन गर्ने विषयलाई पनि सकारात्मक रूपमा लिइएको छ। ऊर्जालाई कच्चा पदार्थका रूपमा प्रयोग गरी उत्पादनमुखी उद्योगलाई सहुलियत दरमा उपलब्ध गराउन सके दोहोरो लाभ हुने महासंघले जनाएको छ ।

महासंघले गत कार्तिक २२ गते आयोजना गरेको आर्थिक बहस कार्यक्रममा बदलिँदो परिस्थितिमा यस्तो रणनीति आवश्यक भएको भन्दै पहिलो पटक सरकारको ध्यानाकर्षण गराएको थियो । त्यसपछि शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य कार्यक्रममा थप छलफल गरी महासंघले सरकारसमक्ष अवधारणापत्र पेश गरेको थियो ।

Read More

साउदीको प्रिन्स सुल्तान हवाई आधारमा इरानी आक्रमण, अमेरिकी सेनाको विमान ध्वस्त

काठमाडौँ । साउदी अरेबियाको प्रिन्स सुल्तान हवाई आधारमा भएको इरानी क्षेप्यास्त्र तथा मानवरहित विमान आक्रमणमा अमेरिकी सेनाको एक महत्वपूर्ण निगरानी विमानमा ठूलो क्षति पुगेको छ ।

अमेरिकी पत्रिका द वाल स्ट्रिट जनरलका अनुसार उक्त आक्रमणमा बोइङ ई–३ सेन्ट्री विमान पनि क्षतिग्रस्त भएको छ । यो उन्नत रडार प्रणालीसहितको हवाई निगरानी तथा नियन्त्रण विमान हो, जसले सयौं किलोमिटर टाढासम्मका विमान र क्षेप्यास्त्रको निगरानी गरी सेनालाई तुरुन्त जानकारी दिने क्षमता राख्छ ।

शुक्रबार भएको उक्त आक्रमणमा १२ जना अमेरिकी सैनिक घाइते भएका छन् भने इन्धन भर्ने प्रयोजनका लागि प्रयोग हुने अन्य केही विमानमा पनि क्षति पुगेको बताइएको छ ।

समाचारअनुसार यस आक्रमणअघि अमेरिकासँग यस्ता सञ्चालनमा रहेका करिब १६ वटा मात्र ई–३ सेन्ट्री विमान बाँकी रहेका थिए, जबकि यसअघि तिनको संख्या झण्डै ३० थियो ।

पत्रिकाले ती विमानको तत्काल सहज विकल्प उपलब्ध नभएको पनि उल्लेख गरेको छ । सम्भावित विकल्पका रूपमा ई–७ वेजटेल नामक नयाँ विमानको मूल्य करिब ७० करोड अमेरिकी डलर पर्ने अनुमान गरिएको छ ।

Read More

बालेन सरकारप्रति आश्वस्त हुन सकेन शेयर बजार, ७१ अंकले घट्यो

काठमाडौँ । नेप्सेमा आज ठुलो गिरावट आएको छ । आज आइतबार नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा पुगेर रोकिएको छ ।

बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको पहिलो कारोबारमा ठुलो गिरावट आएसँगै लगानीकर्ता नयाँ सरकारको स्थिर नीतिप्रति आश्वस्त हुन नसकेको देखिएको छ ।

आज ३३३ कम्पनिका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स, सुपर खुदी हाइड्रो र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ९.९९ र भुजुङ हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ । 

त्यस्तै आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ६.१७ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ७१ करोड ११ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुपको शेयर ५२ करोड २८ लाख बराबरको कारोबार भएको छ ।

Read More

ओलीको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।

ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।

रिट अध्ययनको क्रममा रहेको र दर्ता हुन बाँकी रहेको सर्वोच्च प्रशासनले बताएको छ ।

शाक्यले रिटमा कानुन विपरीत आफ्ना श्रीमान ओलीलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरेकी छन् । 

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका ओली उपचारका लागि टिचिङ अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा छन् । 

Read More

प्रचण्ड बने नेकपाको संसदीय दलको नेता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

नेकपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका थिए ।

यस निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट गरेर कुल १७ सिट जितेको छ ।

Read More