२०८३ बैशाख १३

संघीय संसदको चालु अधिवेशन शुक्रबारदेखि अन्त्य

काठमाडौँ । संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिशमा चैत २७ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

फागुन २१ गते सम्पन्न निर्वाचनपछि चैत्र १९ गतेदेखि चालु अधिवेशन बोलाइएको थियो । सरकारले छिट्टै बजेट अधिवेशन बोलाउन चालु अधिवेशन अन्त्यको सिफारिस गरेको बताइएको छ ।

Single Image

Read More

प्रधानमन्त्री बालेनले स्वास्थ्य मन्त्री मेहतालाई गराए सचेत

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य बीम बोर्डको सदस्यमा निष्क्रिय रहेकी श्रममन्त्री दीपककुमार साहकी पत्नीलाई पुन: सक्रिय बनाएको भन्दै मन्त्री मेहतालाई सचेत गराएका हुन् ।

यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति रवि लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष गरेको सिफारिसका आधारमा मन्त्री मेहतालाई सचेत गराएक हुन् ।

Read More

सुन तस्करीको आरोपमा पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जना र एक कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार सुन तस्करसँग मिलेमतो गरी भन्सारका कर्मचारी तथा उच्च पदाधिकारीहरूलाई प्रभावमा पार्दै ठूलो मात्रामा राजस्व चुहावट गराइएको र अवैध सम्पत्ति आर्जन गरिएको आरोप लागेको छ।

अनुसन्धानबाट २०७९ पुस १० गते दुबईबाट आएको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोंगले दुई वटा सुटकेसभित्र विद्युतीय चुरोटजस्तो देखिने सामानमा सुन लुकाई ल्याएको पाइएको छ । प्रारम्भिक एक्स-रे जाँचमा शंकास्पद देखिए पनि आवश्यक कडाइका साथ परीक्षण नगरी सामग्री जफत गरिएको देखिएको छ ।

जफत गरिएको सामग्रीसमेत नियमानुसार गोदाममा नराखी कार्यालय प्रमुखकै कार्यकक्षमा राखिएको, पछि मिलेमतोमा सामग्री साटफेर गरिएको तथा सुन निकालेर खाली वस्तु राखिएको अनुसन्धानमा खुलेको छ । केही सामग्री बाहिर लैजाँदा परीक्षण गर्दा उच्च शुद्धताको सुन रहेको समेत पुष्टि भएको छ ।

आयोगले पूर्व सभामुख महराले आफ्ना छोरा राहुलमार्फत विदेशी नागरिकहरूसँग समन्वय गरी भन्सार अधिकारीहरूलाई प्रभावमा पारी उक्त सुन गैरकानुनी रूपमा बाहिर निकाल्ने प्रयास गरेको आरोप लगाएको छ । यसका लागि पटक–पटक भेटघाट र सम्पर्क गरिएको पनि उल्लेख गरिएको छ।

उक्त सुन पछि विभिन्न व्यापारीमार्फत बिक्री गरिएको र प्राप्त रकम विभिन्न व्यक्तिका नाममा जम्मा गरी सम्पत्ति रूपान्तरण गरिएको अनुसन्धानबाट खुलेको छ । कुल ८ हजार ४८० ग्रामभन्दा बढी सुन हिनामिना गरी करिब ७ करोड ७८ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याइएको आयोगको दाबी छ ।

आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल, भन्सार अधिकृत रमेश कुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा के.सी., नायब सुब्बा भुवनराज घिमिरे, नायब सुब्बा उमेश प्रसाद कोईराला, नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोख्रेल, पूर्व सभामुख कृष्ण बहादुर महरा, राहुल भन्ने रेशम महरा, निर्मल कुमार वि.क., लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक ली हांग सोंग र डाओजंग वांग, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र डेक्सटर ट्राभल्स एण्ड टूर्सविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनअनुसार सजाय माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

Read More

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने बझाङ घर भएका २१ वर्षीय नरेन्द्र बहादुर धमेना, ललितपुर, महालक्ष्मी नगरपालिका-४ बस्ने कैलाली घर भएका २७ वर्षीया दर्शना भण्डारी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने रौतहट घर भएका ५० वर्षीय राजु प्रसाद कुसवाहा रहेका छन् ।

पक्राउ मध्ये नरेन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख रूपैयाँ, दर्शनाले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र राजु प्रसादले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४५ लाख १६ हजार ८ सय ९१ रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार र दर्शनालाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट तथा राजु प्रसादलाई काठमाडौं महानरपालिका-१ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Read More

श्रममन्त्री साह पदमुक्त

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह पदबाट हटाएका छन् । 

मन्त्री बनेको १४ दिनमै विभिन्न विवादमा परेपछि प्रधानमन्त्री बालेनले साहलाई पदमुक्त गरेका हुन् । 

साहलाई मन्त्रीमा नियक्ति गरेपछि उनीविरुद्ध एमबीबीएसमा नाम निकाल्दिने भनेर पैसा उठाएको अभियोगमा पक्राउ पुर्जी जारी भएको र उनकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुन: सक्रिय गराइएको विषय विवादित बनेका थिए । 

विवाद उठेपछि रास्वपामा पनि मन्त्री साह बारे प्रश्न उठेको थियो । सभापति रवि लामिछानेले मन्त्री शाहको विषयमा प्रश्न उठेको भन्दै उनलाई जिम्मेवारीबाट अलग गर्न प्रधानमन्त्री बालेनलाई पत्र नै लेखेका थिए ।  साथै सभापति लामिछानेले आफ्नो जिम्मेवारीमा गाम्भीर्यता नदिएको भन्दै स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत गराउन समेत पार्टीबाट प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए ।  

Read More

नेप्से ४८.७१ अंकले बढ्यो, ९ अर्ब ९१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज विहिबार नेप्से ४८.७१ अंकले बढेर २८५१. २४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३८ कम्पनिका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर ९ अर्ब ९१  करोड ९२ लाख १० हजार २११ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिग मिल्स, भुजुङ हाइड्रो, रिज लाइन हाइड्रो, सोलु हाइड्रो र होटल फोरेस्ट इनको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर खुदी र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ६.७४  प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ४३ करोड ४७ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको ४१ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

Read More

पीएम कप: विनोद भण्डारीको शतकमा सुदूरपश्चिममाथि आर्मीको सहज जित

काठमाडौं । त्रिभुवन आर्मी क्लबले जारी पीएम कप अन्तर्गत सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।

विहिबार सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य पछाएको आर्मीले २०.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

आर्मीको जितमा कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेका थिए भने कुशल मल्लले २६ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३८.१ ओभरमा अल आउट हुदै १५० रन बनाएको थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले सर्बाधिक ६३ रन बनाएका थिए भने अभिषेक पलले २४ रन बनाएका थिए ।

त्यस्तै आर्मीका बलर बसिर अहमदले ५ विकेट लिए भने शहाब आलमले २ विकेट लिएका थिए ।

यो जितपछि त्रिभुवन आर्मीको ७ खेलमा १३ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिमको भने ८ खेलमा १० अंक रहेको छ र दोस्रो स्थानमा छ ।

Read More

उपसभामुखमा श्रम संस्कृतिकी रुवी कुमारीको उम्मेदवारी दर्ता

काठमाडौं । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेकी छन् । 

सिंहदरबारस्थित संसद सचिवालय पुगेर रुबीले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

रुबीलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित नेपाली काँग्रेस, एमाले र नेकपाको समर्थन रहेको छ ।

यसअघि उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

Read More

फेरियो समीकरण, उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई गर्ने भएको छ । 

रास्वपा प्रवक्ता मनिष झाका अनुसार रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो ।

यसअघि रास्वपाले राप्रपालाई समर्थन गर्ने बताइएको थियो । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले फोन गरेर रवि लामिछानेले आफुलाई समर्थन रहने जानकारी दिएको दाबि गरेका थिए ।

रास्वपाले उपसभामुखमाको समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरीलाई तोकेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

Read More

मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भए- ओली

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरकानुनी रुपमा १३ दिनसम्म नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् ।

विहिबार हाजिरी जमानीमा रिहा भएपछि सामाजिक सञ्जालमा लेख्दै ओलीले  सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः रिहा भएको बताएका हुन् ।

उनले भनेका छन्- ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति ओलीले कृतज्ञता व्यक्त गरेका छन् । उनले आफ्नो रिहाईको माग गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरको उपचार खर्च राज्यले बेहोर्नु पर्ने, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने बताएका छन् । 

साथै प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने ओलीले जानकारी गराएका छन् ।

Read More