1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

व्यवसायीहरुले डर र त्रासमा बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ : गृहमन्त्री लेखक

सिन्धुली उद्योग वाणिज्य संघको ३४औं साधरणसभालाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखक

सिन्धुली संवाददाता । गृहमन्त्री रमेश लेखकले सरकार उद्योगी व्यावसायीहरुको सुरक्षामा प्रतिवद्ध रहेको दाबी गरेका छन् । सिन्धुली उद्योग वाणिज्य संघको ३४औं साधरणसभालाई सम्बोधन गर्दै उहाँले देशमा पुर्ण रुपमा शान्ति सुरक्षाको वातारवण रहेको दाबी गरेका हुन् ।

सरकारको दायित्व नै देशमा आर्थिक गतिविधि चलायमान गराउनु हो भन्दै मन्त्री लेखकले सरकारले ल्याएका अध्यादेशहरुले देशमा शान्ति सुरक्षाको वातावरण बलियो बनाउँदै गिर्दो अर्थतन्त्रलाई बलियो बनाउने जिकीर गरे ।

कार्यक्रममा मन्त्री लेखकले देशका व्यवसायीहरुले भय डर र त्रासमा बस्नु पर्ने अवस्थाको अन्त्य भएको बताउँदै ढुक्क भएर आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न समेत आह्वान गरेका छन ।