1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

ओली–देउवा गुप्त वार्ता: भिजिट भिसा र बजेट मुख्य एजेन्डा

काठमाडौं, ११ जेठ । बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी छिन् ।

एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छिन् । यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकपनि सहभागी छिन् । बजेट ल्याउने दिन नजिकिएसँगै प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलका नेताहरुसँग छलफल बढाएका हुन् । अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको पनि नाम मुछिएको छ । यो विषयमा पनि आजको बैठकमा छलफल हुने बताईएको छ ।