1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

राष्ट्र बैंकमा गुणाकरको सरप्राइज कमब्याक, सम्हाले गभर्नरको कार्यालय

काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले डा.गुणाकर भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा सारेका छन् ।

राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यका अनुसार काजमा राष्ट्रिय योजना आयोग सरुवा भएका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अवकाश पाएसँगै सो ठाउँमा डा.भट्टलाई ल्याइएको हो। अब उनले गभर्नरको कार्यालयको नेतृत्व गर्नेछन्।

डा.भट्ट नवनियुक्त पौडेलको गभर्नर बन्दाका प्रत्याशी हुन्। उनले गभर्नर बन्नकै लागि गत वैशाखमा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर तत्कालीन कामु गभर्नर तथा गभर्नरकै प्रत्याशी रहेकी डेपुटी गभर्नर नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि उनी गभर्नरको दौडबाट बाहिरिएका थिए।

गभर्नर नबन्ने निश्चित भएसँगै उनी अमेरिका उडेका थिए ।