1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

देशभरि आकाश धमिलो, मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको संकेत

काठमाडौँ, १३ जेठ । अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मधेस तथा लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

यस्तै, मधेसलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।