1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

भिसा काण्डमा संसद ठप्प: गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ, १३ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसद उठेका थिए ।

त्यसपछि सभामुखले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिए । माओवादी उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटनामात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए ।

गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरिय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरुले सदन अवरोध गरेपछि आजै बस्नेगरी ३० मिनेटका लागि बैठक स्थगित भएकाे छ ।