1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

भिसा प्रकरणले चुल्यायो संकट, देउवा-ओली वार्ता निर्णायक मोडमा

काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको लागि उनी बालुवाटार पुगेका हुन् । भिजिट भिसा प्रकरणले सदन अवरोध भएको र गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएपछि पछिल्लो अवस्थाबारे छलफल गर्न सभापति देउवा बालुवाटार गएका हुन् ।

उनीसँगै गृहमन्त्री लेखकपनि बालुवाटारमा छन् । कांग्रेसकै शीर्ष नेताहरुले यो प्रकरणमा लेखकको राजीनामा मागेका छन् । शेखर कोइराला, सुनिल शर्मा, राजेन्द्र बजगाईंलगायतका नेताहरुले नै गृहमन्त्री लेखकको राजीनामा मागेपछि सभापति देउवापनि दबाबमा छन् । विपक्षीहरुले गृहमन्त्री लेखकको राजीनामालाई बटमलाईन बनाएका छन् ।

उनीहरुले आजको सदनपनि अवरोध जारी राख्ने भनिसकेका छन्