1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

ट्रेड टावरको आईपीओ बजारमा, तर कमजोर रेटिङ्ग

काठमाडौँ, १४ जेठ । ट्रेड टावर लिमिटेडले आज १४ गतेबाट प्राथमिक साधारण सेयर (आईपीओ) बिक्रीमा ल्याएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत (३९ लाख ७१ हजार ६९३ कित्ता) सेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको थियो ।

जसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर बिक्री गरिसकेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशन बन्द जेठ १९ गते हुनेछ । सो दिनसम्म कम्पनीले माग गरेजति आवेदन परेन भने निष्काशन अवधि जेठ २८ गतेसम्मका लागि लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्काशनको लागि नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्छ ।