1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

भुँडी भर्ने बजेट: प्रभु साहको आरोप- यो बजेटले देश उजाड, जनता निराश

काठमाडौँ, १५ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले आज ल्याएको बजेटले मुलुकमा व्याप्त समस्यालाई सम्बोधन नगर्ने दाबी गरेका छन् ।

उनले बजेट नेताहरूको भुँडी भर्ने खालको रहेको गम्भीर आरोप लगाए । उनले बजेट वितरणपनि पूरै असमान भएको टिप्पणी गरे ।

संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै साहले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,‘यो बजेट नेपाललाई उजाड एवम् जनतालाई निराश बनाउने खालको छ । हिजो हदबन्दीको सम्पत्ति राज्यको हुन्थ्यो, आज फुकुवा भयो ।’ साहले नेपालको पुँजी खुलेआम विदेश लैजान पाउने व्यवस्थासमेत बजेटले गरेको भन्दै साहले आक्रोश पोखे ।

उनले प्राकृतिक सम्पदाको पनि खुलेआम दोहन गर्ने बाटो खोलिदिएको भन्दै बजेटको आलोचना गरे । साहले गरिव, श्रमजिवीलाई बजेटले बिर्सिएको र वैदेशिक रोजगारमा रहेका युवालाई दुःख तुल्याउने काम गरेको आरोप लगाए ।