1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

आज एलिमिनेटर : मुम्बई वा गुजरात, को बाहिरिने?

काठमाडौँ, १६ जेठ । आइपएिल २०२५ को एलिमिनेटर खेल आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबिच हुँदै छ ।

खेल मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा भारतीय समय अनुसार साँझ ७ः३० बजे सुरु हुने छ । आज हार्ने टोलीको यात्रा यही समाप्त हुने छ भने विजेता टोलीले क्वालिफायर–२ पुग्ने छ ।

दुवै टोली प्लेअफमा दोस्रो पटक आमनेसामने हुँदै छन् । यसअघि उनीहरू २०२३ को क्वालिफायर–२ मा भिडेका थिए । त्यसपछि गुजरातले मुम्बईलाई ६२ रनले पराजित गरेको थियो ।

आइपिएलमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबिच अहिलेसम्म जम्मा ७ खेल खेलिएका छन् । जसमध्ये गुजरातले ५ खेल जितेको छ भने मुम्बईले २ खेल मात्र जितेको छ । यसरी, अहिलेसम्म गुजरातको हात माथि छ । दुवै टोली सिजनमा तेस्रो पटक आमनेसामने हुने छन् । यसअघि दुई खेल खेल्दा गुजरातले दुवै पटक जितेको थियो । दुवै टोली पहिलो पटक महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा भिड्ने छन् ।