1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

अवरोध हटाउन सभामुख सक्रिय, दलसँग आज निर्णायक छलफल

काठमाडौँ, १६ जेठ । संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले दलका मुख्य सचेतक र प्रमुख सचेतकहरु संग छलफल गर्दैछन् ।

सभामुख घिमिरेले अहिले विहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका हुन् । सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायतक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

यस्तै मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान भएको छ ।