1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

राजनीतिक विश्वासमै देशको भविष्य अडिएको छ: पूर्वमन्त्री रिजाल

पर्सा १७ जेठ । पूर्वमन्त्री एव नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले मुलुक अघि बढ्नको लागि राजनीतिक विश्वास कायम रहनु पर्ने बताएका छन ।

शनिबार बिरगंज स्थित ब्रम्हकुमारी राजयोग सेवा केन्द्र (ॐ शान्ति) ले आयोजना गरेको कार्यक्रममा बोल्दै पुर्वमन्त्रि रिजालले मुलुकमा राजनीतिक विश्वास कायम रहोस भन्ने कामना गरेका हुन् ।

कार्यक्रममा बोल्दै रिजालले भने, “विश्व शान्तिको कामना गर्दै म चाहन्छु कि मुलुकमा राजनीतिक विश्वास कायम रहोस् । हामी सबैले एक–अर्कामा भरोसा गर्ने संस्कार विकास गर्नुपर्छ । जब राजनीति विश्वासमा अडिन्छ, तब देश अगाडि बढ्छ ।”

कार्यक्रममा बोल्दै रिजालले जनतालाई आशावादी दृष्टिकोण समेत राख्न आह्वान गरे । उनले भने, “म जनतालाई धैर्य गर्न आह्वान गर्दछु । देश अहिले सही बाटोमा छ। देशको व्यवस्था परिवर्तन भएको छ। अब अवस्थालाई परिवर्तन गर्ने प्रयास भइरहको छ। देश बन्दैन भन्ने भाष्य गलत छ। देश बनिरहेको छ। अझै राम्रो बन्छ।”

देशको भविष्य शिक्षित, संकल्पबद्ध युवाशक्तिले निर्माण गर्नेछ भन्ने विश्वास ब्यक्त गर्दै रिजालले, “अहिले राजनीतिमा पनि पढेलेखेका युवा शक्तिको बर्चस्व रहेको स्पष्ट पारे । उनले भने, “सकारात्मक सोच राखौँ । देश बन्छ।”

कार्यक्रमको सारतत्त्व केवल ध्यान, योग र आत्मचिन्तनमा मात्र सीमित नभई राष्ट्रको हृदयको धड्कन जुञ्जिएको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र विरगंजले बताएको छ । शान्तिको सन्देशसँगै राजनीतिक स्थायित्व र सहकार्यको भावना मिसिँदा सबैमा एउटा नयाँ ऊर्जा भरिएको महसुस भएको केन्द्रले बतायो ।