1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

यातायात व्यवसायी आन्दोलित, गृहमन्त्रीसँग वार्ता जारी

काठमाडौं, जेठ १९ । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा देशव्यापी चक्काजाम घोषणा गरेका यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच छलफल भइरहेको छ ।

गृहमन्त्रालयमा केहीबेर अघिदेखि दुई पक्षबीच छलफल सुरु भएको हो ।

सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सवारी सञ्चालनको अनुमति दिएपछि सार्वजनिक यातायात व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले आज देशभर गाडी नचलाउने घोषणा गर्दै चक्काजाम गरेका छन् ।

काठमाडौँ लगायतका ठाउँमा बस, माइक्रो, टेम्पोजस्ता सार्वजनिक गाडी अहुले चलेका छैनन् । सडक सुनसान छन्, यात्रुहरू बस स्टपमा अलमलिएका छन्—कोही पठाओ चढेर, कोही पैदल हिँडेर गन्तव्य पुग्न बाध्य छन् ।

यातायात व्यवसायीहरू र गृहमन्त्री रमेश लेखकबीच अहिले गृहमन्त्रालयमा समस्या समाधानका लागि भइरहेको छलफलले सकारात्मक निष्कर्ष निकाल्ने ग्रिह मन्त्रालयले जनाएको छ ।

ट्राफिक प्रहरीले पनि आज सार्वजनिक सवारी निकै कम चलेको पुष्टि गरेको छ।