1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नयाँ नेतृत्व, नयाँ रणनीति: राष्ट्र बैंकमा गभर्नरको सर्जिकल सरुवा

काठमाडौं, जेठ २० । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शीर्ष तहका कर्मचारीहरुको जिम्मेवारी फेरदबल गरेका छन् ।

आजैबाट सुपरिवेक्षण विभाग सम्हाल्ने गरी निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घराज रावललाई बैंक सुपरिवेक्षण विभाग प्रमुख बनाइएको छ । हालसम्म यस विभागको नेतृत्व गरिरहेका राष्ट्र बैंकका प्रवक्ता रामु पौडेललाई मुद्रण विभागको जिम्मेवारी सुम्पिएको छ । मुद्रण विभाग सम्हालिरहेका प्रदीपराज पौडेललाई सूचना तथा प्रविधि विभागमा सरुवा गरिएको छ ।

त्यसैगरी, आर्थिक अनुसन्धान, मानव संसाधन व्यवस्थापन, बैंकिङ विभाग र गभर्नर कार्यालयमा कार्यकारी निर्देशकको सरुवा केहिदिन अघि नै भइसकेको छ ।

अनुसन्धान विभागका डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयको जीम्मेवारी दिईएको छ भने डा. रामशरण खरेललाई अनुसन्धान विभागको नेतृत्व दिइएको छ । यस्तै, बैंकिङ विभागका विश्रुत थापा मानव संसाधन व्यवस्थापन विभागमा सरुवा भएका छन् । बैंकिङ विभागको नयाँ नेतृत्व डा. डिल्लीराम पोखरेलले सम्हाल्नेछन् ।