1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

संवैधानिक नियुक्ति विवादमा न्यायाधीशबीच मतभेद, फैसला अब असार १८ गते

काठमाडौँ, २९ जेठ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक पदका नियुक्तिविरुद्धको रिटको फैसला आगामी असार १८ गते सुनाउने भएको छ ।

हिजो बुधबार फैसला सुनाउने भएपनि इजलासमा रहेका न्यायाधीशहरुबीच राय बाझिएपछि निर्णय सुनाउने दिन सरेको बताईएको छ ।

बुधबार उक्त रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा पेसी चढेको थियो ।