1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

भिजिट भिसा काण्डमा ऐक्यबद्धता, छानबिन समिति बनाउने सहमति

काठमाडौँ, २९ जेठ । भिजिट भिसा प्रकरणमा विपक्षीहरुको मागबमोजिम छानबिन समिति बन्ने भएको छ ।

यसको लागि नेपाली कांग्रेस तयार भएको हो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहलले सार्थकता पाएको छ । दाहालले नेपाली कांग्रेसका नेताहरुसँग लगातार छलफल गरेका थिए । विपक्षीहरुबीच साझा धारणा लिएर दाहाल आँफै कांग्रेस नेताहरुसँग छलफलमा बसेका थिए । जसअनुसार कांग्रेस विपक्षीहरुले भनेबमोजिम यस प्रकरणमा छानबिन समिति बनाउन तयार भएको हो ।

कांग्रेस नै तयार भएपछि एमालेपनि यसमा सहमत भएको बताईन्छ । सहमतिको मस्यौदा लिएर कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न निस्किएका छन् ।

यता विपक्षी दलका नेता प्रचण्ड भने रास्वपाका नेताहरुसँग पूनः छलफलमा बसेका छन् । रास्वपा भने आफूले अघि सारेको यसअघिको पाँच बुँदे धारणामा अडिग रहेको बताईन्छ । तर, दाहालले सदनको अवरोध खुलाउने विषयमा लचकता अपनाउनुपर्ने र कांग्रेससँगको दूरी घटाएर जानुपर्ने मत राखेका छन् ।