1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

भ्रष्टाचार काण्डमा जसपा सांसद सरोजकुमार सिंह पक्राउ

काठमाडौँ, २९ जेठ । मधेश प्रदेश सांसद सरोजकुमार सिंह पक्राउ परेका छन् । सिंहविरुद्ध प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप थियो । यही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज उनलाई पक्राउ गरेको हो ।

सिंहले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको आरोप छ । यसअघि उनका स्वकीय सचिवलाई समेत अख्तियारले पक्राउ गरिसकेको छ ।