1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा

काठमाडौँ, ३० जेठ। जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।