1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

संसदको अवरोध हटाउने सभामुखको प्रयास, रास्वपा-राप्रपामाथि दबाव

काठमाडौँ, १ असार । सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल गरेका छन ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेकाले सदन अवरोधको स्वरुप बदल्न तथा सदनलाई मर्यादित बनाउन उनको ध्यानाकर्षण गराएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाए । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे विभिन्न दलका प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले राप्रपाका अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन अनुरोध गरेका थिए । अध्यक्ष लिङ्देनलाई टेलिफोन गरेर सभामुखले संसदमा आफ्ना विषय राखेर सदनको कारबाही सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका सभामुखको निजी सचिवालयले जनाएको छ ।