1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

टी–२० त्रिकोणात्मक श्रृंखला: नेपाल आज स्कटल्याण्डसँग निर्णायक भिडन्तमा

काठमाडौँ, ३ असार । नेपालले त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत आज घरेलु टोली स्कटल्याण्डसँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार साँझ ७:४५ देखि शुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने नेपाल नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको छ ।

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म एक टी–२० (२०१३) मा खेलिएको थियो जहाँ स्कटल्याण्ड विजयी भएको थियो । आईसीसीको टी–२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्ड्स १३औं स्थानमा रहेको छ ।

जुन २० सम्म हुने यो त्रिकोणात्मक सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, बिहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्डस् खेल्ने तालिका रहेको छ ।