1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद भर्ने दिने आज अन्तिम दिन

काठमाडौँ, ३ असार । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा आवेदन दिने आज असार ३ गते अन्तिम दिन रहेको छ ।

इन्स्योरेन्सले वैशाख ३० गतेदेखि आफ्ना सेयरधनीहरुका लागि एक कित्ता बराबर ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो ।

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्रीबाट १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ संकलन गर्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख ५ गते बुकक्लोज गरेको थियो। त्यसैले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।