1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

संसद अवरुद्ध गरेर देश बन्द गर्न पाइँदैन, अब नीतिमा गम्भीर हुनुपर्छ : डा महत

बागलुङ, ३ असार । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिँदा गृहमन्त्रीले राजीनामा दिन नपर्ने जिकिर गरेका छन ।

नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले गृहमन्त्रीले राजीनामा माग्दै संसद अवरुद्ध गर्ने हैन नीतिमा निर्माणमा गम्भीर हुनु पर्ने बताएका हुन् ।

त्यसैगरी महतले दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको समेत बताएका छन् । वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने भएकाले दीर्घकालीन रुपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको उनले बताए । नेता महतले संसद् अकारणमा अवरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेकोमा समेत जोड दिएका छन । बजेटमाथि छलफल गर्दा पछि कार्यान्वयनमा सहज हुने उनको भनाइ छ ।

लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा निराशा छाउने भएकाले योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको उनले बताए । आर्थिक रुपान्तरणका लागि कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गले ठूलो टेवा पु¥याउने उनले उल्लेख गरे ।

उनले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन सम्भव नदेखिएको समेत बताएका छन ।