1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

कांग्रेसको आकस्मिक बैठक भोलि बिहान, के हुन्छ निर्णायक बहस ?

काठमाडौं, ३ असार । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ती जारी गरी भोलि बुधबार विहान ८ः३० बजे बस्नेगरि बैठक बोलाईएको जानकारी गराएका छन् ।

बैठक केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थिति रहने जनाईएको छ ।