1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं, ३ असार । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग धरौटी माग गरेको छ ।

आज मंगलबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका मिश्रको थुनछेक बहस न्यायाधीश तारादेवी महर्जनको इजलासमा भएको थियो । थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

उनीसँग तीन लाख धरौटी माग गरिएको छ । मिश्रसँग तीन लाख धरौटी मागको आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

गत चैत्र १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीहरुको आन्दोलनको क्रममा घटेको हिंसात्मक घट्नामा मिश्रलाई दोषी बनाईएको छ ।