1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

विश्वकप लिग–२: नेपालले नेदरल्यान्ड्सलाई हराएर शीर्षस्थानतर्फ यात्रा जारी राख्ने लक्ष्य

काठमाडौँ, ५ असार । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

स्कटल्याण्डको ग्लासगोमा आज हुने खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार साझ ७ः४५ बजेदेखि सुरु हुनेछ । आज नेपाल नेदरल्यान्डसलाई हराउँदै अघिल्लो खेलको बदलासहित प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । यस अघि सोमबार भएको पहिलो भेटमा नेपाल नेदरल्यान्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

त्यसैगरी मङ्गलबार भएको आफनो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको थियो । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स दुई खेलमा जित हासिल गर्दै चार अङ्क साथ तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै यसअघिका दुईमध्ये एकमा जित र एकमा हार बेहोरेको नेपाल भने दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड भने अङ्क तालिकाको दोस्रो स्थानमा छ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष स्थान हासिल गर्ने टोलीले उक्त प्रतियोगिताको उपाधि जित्नेछ ।