1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नौ खेलाडीमा सिमित रिभर प्लेटलाई हराउँदै इन्टर नकआउट चरणमा

एजेन्सी, १२ असार । इटालियन जायन्ट इन्टर मिलानले अमेरिकामा जारी फिफा क्लब विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाको रिभर प्लेटमाथि २-० को जित दर्ता गरेको छ।

लुम्यान फिल्डमा बिहीबार बिहान सम्पन्न खेलमा इन्टरले दोश्रो हाफमा दुवै गोल गर्दै तीन खेलमा सात अंक जोड्दै समूह ‘इ’ को शीर्ष स्थानमा रहँदै अन्तिम १६ को यात्रा तय गर्यो ।

खेलको ६६औं मिनेटमा लुकास मार्टिनेज क्वार्टाले रातो कार्ड पाउँदा अर्जेन्टिनी टोली १० खेलाडीमा सिमित भयो। संख्यात्मक फाइदा उठाउँदै इन्टरले ७२औं मिनेटमा फ्रान्सेस्को पियो एस्पोसिटोको गोलमार्फत अग्रता बनायो। उनले पेटर सुचिकको सटीक पासलाई उत्कृष्ट फिनिशमा परिणत गरे।

इन्जुरी समयको सुरुमै डिफेन्डर अलेसेन्ड्रो बास्टोनीले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए। त्यही समय रिभर प्लेट थप समस्यामा पर्यो ।

गोन्जालो मन्टिएलले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि टोली ९ खेलाडीमा झर्याे । यो जितसँगै इन्टरले नकआउट चरणमा ब्राजिलको बलियो प्रतिद्वन्द्वी फ्लुमिनेन्सको सामना गर्नेछ।