1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

थ्री स्टार विवादको छायाँमा एन्फा संकट: जोशीले छाडे पद, उठे गहिरा प्रश्नहरू

काठमाडौँ, १२ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव अरुणमान जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन्। जोशीले राजीनामा दिनुको प्रमुख कारण बनेको छ-थ्री स्टार क्लबमाथिको कारबाही र त्यसको असरस्वरूप उत्पन्न विवाद।

थ्री स्टार फुटबल क्लबका पूर्व अध्यक्ष समेत रहेका जोशी, क्लबप्रति गहिरो सरोकार राख्ने व्यक्तिका रूपमा चिनिन्छन्। एन्फा अन्तर्गतको अपिल कमिटीले थ्री स्टार क्लबलाई विदेशी खेलाडीलाई बिना भिसा मैदानमा उतारेको ठहर गर्दै गत साता बी डिभिजन लिगमा झारेको निर्णय सुनाएको थियो ।

थ्री स्टार र जावलाखेल युथ क्लबबीच २०८० साल जेठ २७ गते भएको खेलमा थ्री स्टारले तीन जना विदेशी खेलाडी मैदानमा उतारेको थियो। प्रतियोगितापछि एपीएफ क्लबले तिनै खेलाडीहरू बिना भिसा खेलाएको भन्दै औपचारिक उजुरी दर्ता गरेको थियो। एन्फाको अनुसन्धान तथा अपिल प्रक्रियापछि क्लबमाथि अनुशासनात्मक कारबाहीको निर्णय लिइएको थियो।

जोशीको राजीनामाले केवल भावनात्मक प्रतिक्रिया मात्र नभई उनीभित्रको असन्तुष्टि र एन्फाभित्रको शक्ति सन्तुलनप्रति संकेत गरेको छ । यस्तै यो घटनाले फेरि एक पटक एन्फाभित्रको संस्थागत पारदर्शिता र प्रक्रियागत निष्पक्षतामाथि प्रश्न उठाएको छ।

विदेशी खेलाडीहरूको भिसा जाँचप्रणालीमा संघ स्वयंको भूमिका कत्तिको प्रभावकारी छ? सम्बन्धित निकायहरूको लापरवाही हुँदा दोष केवल क्लबलाई दिनु कत्तिको न्यायोचित छ? यस्ता प्रश्नहरू अहिले उठिरहेका छन्। जोशीको राजीनामा यतिबेला नेपाली फुटबल प्रशासनका लागि एउटा ‘अलार्म बेल’ समेत बनेको छ ।

यदि व्यवस्थागत कमजोरी तथा आन्तरिक गुटबन्दी हटाइएन भने, एन्फाप्रति क्लबहरूको विश्वास गुम्ने खतरा अझ बढेर गएको छ। त्यसैले आगामी दिनमा एन्फाले पारदर्शिता र प्रक्रिया सुधारका विषयमा गम्भीर ध्यान दिने कि सत्ता सन्तुलनको खेलमै व्यस्त रहने हो-त्यो अबको मुख्य प्रश्न हुनेछ।

यस्तो छ जोशीको राजीनामा पत्र: