1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नेप्से ओरालो लागे पनि कारोबार बढ्यो, ७७ अर्बको व्यापार

काठमाडौँ, १२ असार। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ४.४५ अंकले घटेर दुई हजार ५९५.७४ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी, आज कारोबार रकम भने बढेको छ । आज कूल १ करोड ९६ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ७७ अर्ब ८० करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ९३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५५ कम्पनीको मूल्य घटेको छ। एउटाको शेयरमूल्य स्थिर छ ।

आज ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.१८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । सो कम्पनीको मात्र ६२ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।