1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

राजनीतिक प्रतिशोधले प्रेरित सरकार: पतञ्जली प्रकरणमा नेकपा एसको आक्रोश

काठमाडौँ, १३ असार। नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपालले पतञ्जली जग्गा प्रकरणको बारेमा विस्तृत रूपमा धारणा राखेका छन् ।

आज बसेको सचिवालय बैठकले अध्यक्ष नेपालमाथिको मुद्दा पार्टी स्थापनाकालदेखि नै सुरू भएको षड्यन्त्रको निरन्तरता भएको प्रवक्ता प्रकाश ज्वालाले बताएका हुन् ।

उनले भने,‘यो पार्टी र आन्दोलनमाथिकै प्रहार हो भनेर साथीहरूले कुरा राख्नुभएको छ,’ उनले भने, ‘हामीमाथि राजनीतिक प्रतिशोधका साथ प्रहार गरिएकोले कानुनी उपचारका निम्ति सबैखाले प्रयास गरिनेछ, कानुनी रूपमै फेस गर्छौं, हामीले सफाइ पनि पाउँछौं ।’

बैठकले रोपाईंको बेला किसानलाई मल उपलब्ध गराउन पनि माग गरेको प्रवक्ता ज्वालाले जानकारी दिए ।

बैठकमा आज केही नेताहरूले धारणा राखेको र बाँकी नेताहरूले शनिबार बिहान बोल्ने उनले जानकारी दिएका छन् ।