1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

टेलिभिजनको न्युज स्टुडियोमै अबैध सट्टेबाजीको धन्दा: सरकार मौन, मिडिया बिकाउ

मिडियामै मेलबेटको मुखुण्डो: टेलिभिजनमार्फत प्रतिबन्धित सट्टेबाजीको खुलेआम प्रचार

काठमाडौँ, १३ असार। नेपालको कानुनले पूर्ण रूपमा प्रतिबन्ध लगाएको अनलाइन सट्टेबाजी प्लेटफर्म ‘मेलबेट’ को प्रचारमा मुलधारका टेलिभिजन च्यानलहरू नै संलग्न रहेको पाइएको छ।

कान्तिपुर टेलिभिजनबाट सुरु भएको यो प्रवृत्ति अब एभिन्युज, न्युज २४ हुदै प्राइम टिभीसम्म पुगेको छ ।

यी च्यानलहरूले समाचार प्रस्तुत गर्दा एंकर डेस्कमा राखिएको ल्यापटपमा ‘MELBAT LIVE’ को लोगो प्रस्ट देखिने गरी राखेका छन् । यो विज्ञापन सरोगेट प्रविधि प्रयोग गरी गरिएको हो । जसले ‘मेलब्याट’ नामको पोर्टल मार्फत सट्टेबाजी प्लेटफर्मको अप्रत्यक्ष प्रचार गर्छ ।

‘मेलबेट’ ले आफ्नो ब्रान्डमार्फत नेपाली प्रयोगकर्तालाई लामो समयदेखि झुक्याउने प्रयास गर्दै आएको छ। यसले वेबसाइटमा नेपालको झण्डा, ईसेवा, खल्ती जस्ता डिजिटल वालेटहरूको लोगो प्रयोग गर्दै वैधानिकताको भ्रम फैलाएको छ । तथ्याङ्कअनुसार मेलबेटका ९९% प्रयोगकर्ता नेपाली छन ।

नेपालको कानुनमा, जुवा ऐन २०२० र विज्ञापन नियमन ऐन २०७६ ले यस्ता प्रचारप्रसार पूर्ण रूपमा अवैध मानेको छ । तर, नियामक निकायहरूको निष्क्रियता र मिडियाको आर्थिक प्रलोभनले मेलबेटजस्ता प्लेटफर्महरू अझ बलियो बन्दै गइरहेको छ । सञ्चारमाध्यमहरू समाजप्रति नभई, सेटिङ’प्रति प्रतिबद्ध रहेको देखिँदा उपभोक्ता र कानुनविद्हरूले यसलाई आपराधिक कार्य को संज्ञा दिन्छन ।

सर्वोच्च अदालतले यस्ता विज्ञापनमाथि अन्तरिम आदेश जारी गरिसकेको भए पनि कार्यान्वयन भने शून्य छ ।

अब प्रश्न उठ्छ, कानुनले बेवास्ता गरेको हो कि मिडिया बिकेको हो ?