1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

प्रधानमन्त्री स्पेनतिर, देश चलाउने जिम्मा सिंहलाई

काठमाडौँ, १४ असार। कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणमा सहभागी हुन शनिबार बेलुकी त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यबाहकको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीसहितको टोली शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेको छ ।