1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

विकास एजेन्डासहित प्रधानमन्त्री ओली मेड्रिडमा

काठमाडौँ, १५ असार। विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिड पुगेका छन ।

प्रधानमन्त्री ओलीलाई मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज अन्तरराष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ सम्मेलनस्थल सेभिल्ला पुग्ने कार्यक्रम रहेको छ ।