1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नेपालको धुवाँधार ब्याटिङ, इन्डोनेसियालाई ४२१ को झट्का

काठमाडौँ, १५ असार। मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत इन्डोनेसिया विरुद्धको खेलमा नेपालले सानदार ब्याटिङ गर्दै ४२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालका लागि प्रसिद्ध जैसीले ११४ बलमा १३२ रन बनाए । परिमार्जन यादव २८ बलमा ७१ रन बनाएर आउट भए भने, रौनक श्रीवास्तवले ७१ बलमा ८८ रनको योगदान दिएका थिए । यस्तै जोय थापाले ३९ बलमा ५५ रनको योगदान दिएका थिए ।

इण्डोनेसियाका लागि किटुट धर्मपुत्रले २ तथा कविन निरज चन्दा, महेन्द्र अजी र राहान रिजाले समान १ विकेट लिए ।

नेपाल र इण्डोनेसिया दुवैको त्यो तेस्रो खेल हो । नेपाल आफ्नो दुवै खेलमा विजयी भएको थियो ।