1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

भिसा सेटिङ विवाद, संसद् अवरुद्ध, सभामुख छलफलमा

काठमाडौँ, १५ असार। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा देखिएको अवरोध हटाउन ५ दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्।
सभामुख घिमिरेले नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग छलफल गरिरहेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङको छानबिन माग गर्दै प्रतिपक्षी दुई दलले प्रतिनिधिसभामा जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन्।

सभामुख देवराज घिमिरेले सार्वजनिक वित्तीय व्यवस्थापनमा समस्या देखिएको बताउँदै यसतर्फ ध्यान जान जरुरी रहेको बताएका छन्।