1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

फोनमार्फत नबिलको झन्झटरहित कर्जा, एक क्लिकमा २ लाखसम्मको लोन

काठमाडौँ, १६ असार। नबिल बैंकले आफ्ना ग्राहकका लागि ल्याएको ‘नबिल डिजिटल/फोन लोन’ सेवा लोकप्रिय बन्दै गएको छ।

एनबैंक मोबाइल एपमार्फत् उपलब्ध यो सेवा तत्कालिन, छोटो अवधिको र पूर्व-अनुमोदित कर्जा सुविधा हो, जसले खासगरी तलब वा भाडा आय प्राप्त गर्ने ग्राहकहरूलाई लक्षित गरेको छ।

नबिल डिजिटल लोन अन्तर्गत दुई प्रकारका कर्जा विकल्प छन्— एक महिनाभित्र तिर्नुपर्ने ‘वन–मन्थ बेस्ड लोन’ र किस्ताबन्दी (ईएमआई) मा तिर्न सकिने ‘ईएमआई बेस्ड लोन’। कर्जा रकम न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम २ लाख रुपैयाँसम्म लिन सकिन्छ। ईएमआई योजनामा ग्राहकले १, ३, ६, ९ वा १२ महिनासम्मको अवधि रोज्न सक्नेछन्।

यो सेवा प्राप्त गर्नका लागि नबिल बैंकमा खाता हुनु, राम्रो क्रेडिट इतिहास कायम गर्नु र विगत ६ महिनामा कम्तीमा ५ पटक वा मासिक रु. १० हजारभन्दा बढीको तलब वा भाडा आय खातामा प्राप्त भएको हुनुपर्नेछ। आय नियमित रुपमा महिनाको झन्डै एउटै मितिमा जम्मा हुनुपर्ने शर्त पनि लागू हुन्छ।

कर्जाको ब्याजदर नबिल बैंकको बेस रेटमा ४.५ प्रतिशत थप गरेर गणना गरिन्छ, जुन दर हरेक महिनामा पुनरावलोकन गर्न सकिनेछ। प्रिपेमेंटमा कुनै अतिरिक्त शुल्क लाग्दैन भने ढिलाइमा तिर्ने ग्राहकलाई रु. ५०० जरिवाना लाग्नेछ।

फोनलोनको लागि योग्य ग्राहकहरूले ‘HamroBNPL’ मा सूचीबद्ध रहेका ‘iPhone’, फ्रिज, टिभी जस्ता उपकरणहरू सजिलै किस्ताबन्दीमा खरिद गर्न सक्ने सुविधा पनि प्राप्त गर्नेछन्।

ग्राहकले आफ्नो योग्यताको जानकारी एनबैंक एपको होमपेजमा ‘नबिल डिजिटल लोन’ आइकन देखेर थाहा पाउन सक्छन्। उक्त आइकन देखिएमा ग्राहकले सोहीमार्फत आवेदन दिन सक्नेछन्। यदि हाल योग्यता नभएमा आगामी महिनाहरूमा नियमित आम्दानीको आधारमा योग्य हुन सकिन्छ।

नबिलको यो सेवा खासगरी कम कर्जामा झन्झटबिना तत्काल पहुँच खोज्ने युवापुस्तामा आकर्षण बटुल्न सफल भएको छ। डिजिटल बैंकिङ प्रविधिमा निरन्तर अगाडि बढिरहेको नबिल बैंकले अब मोबाइलमार्फत कर्जा उपलब्ध गराएर ग्राहक अनुभव थप सहज बनाउने लक्ष्य लिएको छ।