1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन खुला

काठमाडौँ, १६ असार। तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्री खुला गरेको छ ।

कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार लगानीकर्ताले आफूले होल्ड गरेको प्रत्येक १ कित्ताका सट्टा थप १ कित्ता शेयर खरिद गर्न सक्नेछन्।

कुल ४० लाख कित्ता शेयर सार्वजनिक गरिएको छ, जसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। कम्पनीले जेठ ५ गते बुकक्लोज गरेकाले जेठ ४ गतेसम्म शेयर किनेकाहरू मात्र आवेदन दिन योग्य छन्।

शेयरका लागि आवेदन दिने अन्तिम म्याद साउन ४ गतेसम्म रहेको छ। आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमार्फत, नबिल बैंकका केही शाखा, कुमारी बैंकको मेन्छियायम शाखा र सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ ।