1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नेप्से अध्यक्ष विहीन, एसएमई प्लेटफर्मको प्रक्रिया अलपत्र

काठमाडौँ, १७ असार। नेपाल स्टक एक्सचेञ्ज नेप्से ४५ दिनदेखि अध्यक्षविहीन छ । जसको प्रत्यक्ष असर साना तथा मझौला कम्पनीहरूका लागि निर्माण गर्न लागिएको एसएमई प्लेटफर्मको अगाडि बढिरहेको प्रक्रियामा परेको छ ।

वैशाख ३१ गते शोभाकान्त पौडेल सचिवमा बढुवा भएपछि नेप्से अध्यक्ष पद खाली भएको हो । नेप्सेमा अर्थ मन्त्रालयकै सहसचिव अध्यक्षका रूपमा आउने प्रचलन रहे पनि पौडेलको बढुवापछि अहिलेसम्म नयाँ अध्यक्ष पठाइएको छैन । नयाँ अध्यक्ष नियुक्त नहुँदा संचालक समिति बैठक बस्न सकेको छैन भने साना तथा मझौला संस्थाको धितोपत्र सूचीकरण तथा कारोबार विनियमावली को मस्यौदा समेत अड्किएको छ ।

विनियमावली पारित नभएसम्म एसएमई प्लेटफर्म सञ्चालन सम्भव छैन । अर्थ मन्त्रालयले छिट्टै अध्यक्ष पठाउने भनेपनि प्रक्रिया अझै टुंगिएको छैन। यसले साना कम्पनीहरूलाई पुँजी बजारमार्फत लगानी संकलन गर्ने अवसर ढिलो गराउने देखिएको छ ।