1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

हकप्रदमार्फत पूँजी बढाउँदै नेपाल इन्स्योरेन्स, साउन ६ देखि आवेदन खुला

काठमाडौँ, २० असार। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत बराबरको हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

यस हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ । त्यसअनुसार जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नाम कायम भएका शेयरधनीहरूले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता शेयर, अर्थात ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्नेछ ।