1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

बैंक छाड्नुपर्ने हल्ला के हो ? बाफिया विधेयकमा के छ व्यवस्था ?

काठमाडौँ, २३ असार। यत्तिखेर बैंक तथा बित्तिय संस्था सम्बन्धि बिधेयक अर्थसमितिमा छलफलको क्रममा छ। बाफिया बिधेयक लामो रस्साकस्सापछि संसदमा पेश भई दफावार छलफल भएर पून: अर्थसमितिमा आइपुगेको हो।

बाफिया बिधेयकमा भएका व्यवस्थालाई लिएर सांसदहरुबीच नै फरक मत भएपछि छलफल पुन अर्थ समितिमा ल्याइएको हो। केहि सांसदले बाफिया बिधेयक पुनर्लेखनको आवश्यकता भएको तर्क अगाडी सारेका छन् भने केहिले अहिलेकै अवस्थामा बाफिया बिधयक पारित गर्नुपर्ने राय व्यक्त गरेका छन्।

पछिल्लो समय, बाफिया बिधेयक अहिलेकै अवस्थामा पारित भए बैंकबाट व्यवसायी अलग हुनुपर्ने विचार सार्वजनिक भैरहेका छन्। तर बैंकिंग क्षेत्रका अग्रज तथा अनुभव प्राप्त बैंकर परशुराम कुवंर क्षेत्रीले बाफिया बिधेयकमा भएको अहिलेको व्यवस्थाले कहीं कतैं पनि बैंकबाट व्यवसायी अलग हुनुपर्ने प्राबधान नरहेको बताएका छन्।

उनले सामाजिक संजाल फेसबुक मार्फत तथा बिजपाटीसंग कराकानी गर्दै बाफिया बिधेयकले ठुला ऋणी र सेयरधनीहरुलाई बैंक बित्तिय संस्थाको संचालक समितिमा बस्नलाई रोक लगाएको तर बैंकबाट व्यवसाय अलग नै हुनुपर्ने व्यवस्था कहीं कतै नबहेको बताएका छन्।

केहि व्यवसायीले बाफिया बिधेयक अहिलेकै अवस्थामा पारित भए व्यवसायीले बैंक छाड्नुपर्ने अवस्था आउने भन्ने तर्क अघि सारेपनि अहिले प्रस्तावित विधेयकले स्पष्ट रुपमा ठुला ऋणी र व्यवसायीलाई बैंक बित्तिय संस्थाको संचालक समितिमा बस्नलाई मात्रै रोकेको उनको तर्क छ।

प्रस्तावित बिधेयकमा भएको व्यवस्थाले स्पष्ट रुपमा ठुला ऋणी र सेयरधनीलाई संचालक समितिमा बसेर ‘स्वार्थ बांझिने’ किसिमका काम गर्नबाट मात्र रोक लगाएको र व्यवसायिक व्यक्तिलाई संचालक समितिमा आउने बाटो खोलेको अधिकांश बैंकरको भनाई छ।

तसर्थ प्रस्तावित बिधेयक जस्ताको त्यस्तै पारित भएको अवस्थामा बैंकबाट सेयर बेचेर व्यवसायी बाहिरिहाल्नुपर्ने अवस्था नआउने जानकारहरु बताउछन।