1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

वीर अस्पतालका निर्देशक डा. पौडेलको कार्यकल सकिदै, शक्तिकेन्द्र धाउदै आकांक्षीहरू ।

काठमाडौं। वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलको कार्यकल सकिन लागेसँगै निर्देशकका लागि केही आकांक्षी चिकित्सक राजनीतिक भेटघाटको दौडधुपमा रहेका छन् । डा. पौडेलको कार्यकाल आगामी आइतबार अर्थात फागुन ४ मा सकिँदैछ ।

डा. पौडेलले आफैँ पनि दोहोरिने इच्छासहित शक्तिकेन्द्र धाइरहेका छन् । ‘दुई वर्षमा केही काम सुधारका गरेको छु । अझै वीरको स्वास्थ्य सेवा सुधार गर्ने कार्ययोजना छ,’ डा. पौडेलले भने, ‘एक कार्यकाल पुनः दोहोर्‍याउन पाए हुन्थ्यो भन्ने अपेक्षा छ ।’