1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

बालेनको झट्का: प्रशासकीय अड्चन चिर्दै बजेट प्रक्रिया अघि बढाउने, भोलि कार्यपालिका बैठक

काठमाडौँ, २६ असार। काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार आह्वान गरिएको छ।

मेयर बालेन शाहले भोलि शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । यस बैठकको उद्देश्य महानगरको आगामी आर्थिक वर्षको बजेटसम्बन्धी प्रक्रिया अघि बढाउने रहेको छ ।

बालेन शाहको सचिवालयका अनुसार, शुक्रबार बिहान ११ बजे बजेट स्रोत समितिको पनि बैठक बस्नेछ । यस समितिको बैठकपछि कार्यपालिका बैठक हुनेछ, जसले बजेटको ढोका खोल्ने अनुमान गरिएको छ ।

महानगरमा केही समयदेखि मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण बजेट प्रक्रिया प्रभावित हुँदै आएको थियो । बजेट पेश गर्नुपर्ने कानुनी समयसीमा पार भइसकेको अवस्थामा पनि बजेट आउन नसक्दा महानगरभित्रका विकास योजनाहरू, सेवा प्रवाह र प्रशासनिक कार्यहरू प्रभावित भएका छन ।

तर अब कार्यपालिका बैठकको मिति तोकिएसँगै बजेटप्रति देखिएको अन्योलता हटेको देखिएको छ। बैठकमा बजेट अनुमोदनसम्बन्धी प्रस्ताव पेस हुने सम्भावना रहेको र त्यसपछि नगरसभामा पेश गरेर पारित गरिने प्रक्रिया अघि बढ्ने अनुमान गरिएको छ।

यसैगरी, राजधानी काठमाडौँको आगामी वर्षको विकास र सेवा प्रवाहसम्बन्धी कार्ययोजना समेत स्पष्ट हुने अपेक्षा गरिएको छ ।