1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

माछापुछ्रे बैंकद्धारा महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण

काठमाडौँ, २९ असार। माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्था महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण गरेको छ। गर्मीको चपेटामा पर्न सक्ने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई लक्षित गरी स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग प्रदान गरेको हो।

शुक्रबार आयोजित कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्याय र स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीका महाप्रबन्धक नरेन्द्र सिंह कार्कीले महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई संयुक्त रूपमा वाटर चिलर हस्तान्तरण गरेका हुन्।

अस्पतालमा दैनिक सयौं बिरामी र सेवाग्राहीको आवागमन भइरहँदा स्वच्छ पिउने पानीको उचित व्यवस्था नहुँदा समस्या भएको जानकारी पाएपछि बैंकले यस किसिमको उपकरण उपलब्ध गराएको हो।

बैंकको सहयोगले अस्पतालमा आउने सेवाग्राहीहरूलाई राहत पुग्ने र स्वास्थ्य सेवा ग्रहण गर्ने वातावरणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।