1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

राष्ट्र बैंकको डिजिटल मोडेल सार्वजनिक, नियो बैंकबाट शाखारहित युग सुरु

काठमाडौं, २९ असार। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा पहिलो पटक ‘नियो बैंक’ सुरु गर्ने घोषणा गरेको छ।

यो बैंकिङ सेवा पूर्णरूपमा डिजिटल हुनेछ । शाखा, चेकबुक वा कागजी प्रक्रिया बिना मोबाइल एप र वेबसाइटमार्फत खाता खोल्ने, भुक्तानी, कर्जा, लगानीजस्ता सुविधा दिने व्यवस्था हुनेछ।

अमेरिका, बेलायत, भारतजस्ता देशमा सफल भइसकेको यो अवधारणालाई नेपालमा कार्यान्वयन गर्न राष्ट्र बैंकले नीति, सुरक्षा संरचना र डिजिटल पूर्वाधारको तयारी अघि बढाएको हो । डिजिटल बैंकिङप्रति जनचासो बढिरहेकाले नियो बैंकले युवा, स्टार्टअप र ग्रामीण भेगका जनतालाई वित्तीय पहुँच दिने अपेक्षा गरिएको छ।

निजी क्षेत्र, फिनटेक कम्पनी र सहकारीसँग सहकार्यको सम्भावना रहेको यो योजनाले नेपालको डिजिटल अर्थतन्त्रलाई नयाँ मोडमा लैजाने विश्वास गरिएको छ।